मुख्य समाचार
अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु
अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु

: संयुक्त राज्य अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत अमिर सइद इरावानीले अमेरिका र इजरायलले जानाजानी नागरिक बस्ती र पूर्वाधारलाई निशाना बनाएको गम्भीर आरोप लगाएका छन् ।


संयुक्त राष्ट्र संघको एक ब्रिफिङमा बोल्दै राजदूत इरावानीले जारी द्वन्द्वका कारण इरानमा ठूलो मानवीय र भौतिक क्षति भएको विवरण सार्वजनिक गरेका हुन् ।


इरानी दाबी अनुसार हालसम्म ९ हजार ६ सय ६९ वटा नागरिक स्थलहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। जसमा झण्डै ८ हजार आवासीय घरहरू, व्यावसायिक केन्द्र तथा बजारहरू, विद्यालय तथा शैक्षिक संस्थाहरू, औषधि उत्पादन केन्द्र र स्वास्थ्य सुविधाहरू रहेका छन्। इरावानीले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रमा गरिएका यी हमलाहरूलाई 'भयानक अपराध' को संज्ञा दिएका छन् ।



विशेष गरी मार्च ५ र ७ को राति तेहरान लगायतका मुख्य शहरका इन्धन भण्डारण केन्द्रहरूमा गरिएका भारी बमबारीले नयाँ संकट निम्त्याएको छ। राजदूत इरावानीका अनुसार ती हमलाका कारण वायुमण्डलमा ठूलो मात्रामा खतरनाक र विषाक्त प्रदूषकहरू फैलिएका छन्।

गत मार्च ८ को बिहान भएको वर्षाले ती प्रदूषकहरूलाई 'अत्यधिक अम्लीय वर्षा'को रूपमा जमिनमा झारेको छ। यसले गर्दा सर्वसाधारणमा श्वासप्रश्वासको समस्या र वातावरणीय प्रदूषणको गम्भीर जोखिम बढेको बताइएको छ। हाल तेहरानका सबै चिकित्सा केन्द्रहरूलाई 'हाई अलर्ट' मा राखिएको छ भने नागरिकहरूलाई घरभित्रै रहन प्रशासनले विशेष अपिल गरेको छ।

राजदूत इरावानीले यी हमलाहरूले संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी खाका महासन्धि र जैविक विविधता सम्बन्धी महासन्धिको खुला उल्लंघन गरेको दाबी गरे। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इरानमा भइरहेको यो भयावह अवस्थाप्रति 'आँखा चिम्लिएको' भन्दै कडा आलोचना समेत गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम