मुख्य समाचार
अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु
अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु

: संयुक्त राज्य अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत अमिर सइद इरावानीले अमेरिका र इजरायलले जानाजानी नागरिक बस्ती र पूर्वाधारलाई निशाना बनाएको गम्भीर आरोप लगाएका छन् ।


संयुक्त राष्ट्र संघको एक ब्रिफिङमा बोल्दै राजदूत इरावानीले जारी द्वन्द्वका कारण इरानमा ठूलो मानवीय र भौतिक क्षति भएको विवरण सार्वजनिक गरेका हुन् ।


इरानी दाबी अनुसार हालसम्म ९ हजार ६ सय ६९ वटा नागरिक स्थलहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। जसमा झण्डै ८ हजार आवासीय घरहरू, व्यावसायिक केन्द्र तथा बजारहरू, विद्यालय तथा शैक्षिक संस्थाहरू, औषधि उत्पादन केन्द्र र स्वास्थ्य सुविधाहरू रहेका छन्। इरावानीले स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रमा गरिएका यी हमलाहरूलाई 'भयानक अपराध' को संज्ञा दिएका छन् ।



विशेष गरी मार्च ५ र ७ को राति तेहरान लगायतका मुख्य शहरका इन्धन भण्डारण केन्द्रहरूमा गरिएका भारी बमबारीले नयाँ संकट निम्त्याएको छ। राजदूत इरावानीका अनुसार ती हमलाका कारण वायुमण्डलमा ठूलो मात्रामा खतरनाक र विषाक्त प्रदूषकहरू फैलिएका छन्।

गत मार्च ८ को बिहान भएको वर्षाले ती प्रदूषकहरूलाई 'अत्यधिक अम्लीय वर्षा'को रूपमा जमिनमा झारेको छ। यसले गर्दा सर्वसाधारणमा श्वासप्रश्वासको समस्या र वातावरणीय प्रदूषणको गम्भीर जोखिम बढेको बताइएको छ। हाल तेहरानका सबै चिकित्सा केन्द्रहरूलाई 'हाई अलर्ट' मा राखिएको छ भने नागरिकहरूलाई घरभित्रै रहन प्रशासनले विशेष अपिल गरेको छ।

राजदूत इरावानीले यी हमलाहरूले संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी खाका महासन्धि र जैविक विविधता सम्बन्धी महासन्धिको खुला उल्लंघन गरेको दाबी गरे। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इरानमा भइरहेको यो भयावह अवस्थाप्रति 'आँखा चिम्लिएको' भन्दै कडा आलोचना समेत गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...