मुख्य समाचार
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानमाथि अत्यन्त शक्तिशाली आक्रमण हुने दाबी
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानमाथि अत्यन्त शक्तिशाली आक्रमण हुने दाबी

: अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले आज इरानमाथि अत्यन्त शक्तिशाली आक्रमण हुने दाबी गरेका छन्। उनले इरानका नयाँ सर्वोच्च नेतालाई पनि चेतावनी दिएका छन्।


पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री हेगसेथले भने, 'आज इरानमा अत्यन्त शक्तिशाली आक्रमण हुनेछ। सबैभन्दा धेरै लडाकु विमान, सबैभन्दा धेरै बमवर्षक विमान र सबैभन्दा बढी आक्रमण हुनेछन्।'


हेगसेथका अनुसार इरानी सरकारले तीव्र गतिमा परमाणु बम बनाउने प्रयास गरिरहेको छ। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो हुन नदिने बताएका छन्।



उनले इरानी शक्तिहरूले जानाजानी निर्दोष नागरिकलाई निशाना बनाइरहेको आरोप लगाए। उनले भने, 'उनीहरूलाई थाहा छ कि उनीहरूको आफ्नै शक्ति बिस्तारै समाप्त हुँदै गएको छ।' रक्षा मन्त्री हेगसेथले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईलाई पनि चेतावनी दिँदै ट्रम्पको सन्देश मान्न र परमाणु हतियार बनाउने प्रयास नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानले आफ्ना विभिन्न छिमेकी देशहरुसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागेको छ । इरानले आफ्ना छिमेकी देशहरू–साउदी अरब, यूएई, कतार, बहराइन र कुवैतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागेको हो । संयुक्त राष्ट्रसंघमा इरानका राजदूत अमिर सईद इरवानीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन् । उक्त पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा ५० प्रतिशत कर (ट्यारिफ) लगाउने धम्कीप्रति चीनले मुख खोलेको छ । चीनको विदेश मन्त्रालयले ती मिडिया रिपोर्टहरूलाई अस्वीकार गरेको छ । जसमा चीनले इरानलाई सैन्य सहायता दिइरहेको दाबी गरिएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘चीनले इरानलाई सैन्य सहयोग गरिरहेको ...
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...