मुख्य समाचार
पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु
पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु

: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।


नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित विभिन्न देशका राफ्टिङ तथा कायक खेलाडीहरूले त्रिशूलीको तीव्र धारा र चञ्चल छाल पार गर्दै आफ्नो कौशल र साहस प्रस्तुत गरिरहेका छन्।


यस वर्षको महोत्सवको पहिलो दिन कायक स्प्रिन्ट (३०० मिटर) प्रतियोगितामा कुल ५१ जना प्याडर र राफ्ट स्प्रिन्ट (३०० मिटर) मा १० टोली सहभागी भएका छन्।



नाराका उपाध्यक्ष तथा महोत्सव संयोजक शुक्र लामसका अनुसार बुधबार कायाक क्रस (३०० मिटर) तथा राफ्ट म्यानडेटरी प्रतिस्पर्धा (१० किलोमिटर) आयोजना हुनेछ। जसमा प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना खेलाडीले प्रतिस्पर्धामा भाग लिने महोत्सव संयोजक लामाले जानकारी दिए। प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको राफ्ट रेस आयोजना गरिनेछ, जसमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा चार–चार जना खेलाडी रहनेछन्।

प्रतियोगितामा भारतका दुई टोली र इजरायलका दुई टोलीसहित विदेशी खेलाडीहरूले पनि त्रिशूलीको छालमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितालाई अझ स्वस्थ र पारदर्शी बनाउन खेलाडीहरूको समय मापनका लागि टाइम–चिप प्रणाली प्रयोग गरिएको छ।

नाराका अध्यक्ष कमल बहादुर ठकुरीले यो वर्षको महोत्सवलाई विशेष ऐतिहासिक अवसरका रूपमा लिएको बताए। उनका अनुसार यो वर्षको महोत्सव ‘सिल्भर जुबिली’को रूपमा मनाइँदैछ।

उनले भने, ‘यो केवल खेलकुद प्रतियोगिता मात्र होइन, नेपालको नदी पर्यटन, साहसिक संस्कृति र सहभागीहरूको पहिचानसँग जोडिएको गौरवको उत्सव हो। यसले नेपाललाई विश्व साहसिक पर्यटनको नक्सामा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले नदी, साहस र पर्यटनको संगम बनेको यो महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा थप उजागर गर्ने विश्वास व्यक्त गरे। उनले थपे, ‘नेपालमा नदी–आधारित साहसिक पर्यटनले पछिल्ला दशकहरूमा तीव्र गति लिएको छ। विशेषगरी त्रिशूली, भोटेकोशी, कर्णाली र सेती नदीहरू राफ्टिङ तथा कायाकिङका लागि विश्वभरका साहसिक पर्यटकहरूको आकर्षण बनेका छन्। यसलाई थप प्रबर्द्धन गर्न यो महोत्सव प्रभावकारी हुने विश्वास लिएको छु।’

आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूलाई विभिन्न विधामा १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय महोत्सवको समापन समारोहमा विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै नेपालमा राफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम