मुख्य समाचार
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ
रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आजको सुनुवाइ सकिएको छ।


न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले केही समयपछि आदेश आउनेछ।


अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। अघिल्लो दिन मंगलबार उक्त रिट हेर्न नभ्याइने सूचीमा राखिएको थियो।



महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु -नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन्। उक्त निर्णयपछि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लामिछाने चितवन-२ बाट भारी मतका साथ विजयी भइ संसदीय यात्रा तय गरेका छन्।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय फिर्ता लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुर्खेतको गुर्भाकोट नगरपालिका घर भई वीरेन्द्रनगरमा बस्दै आएको थियो,इनिसा विकको परिवार। उनी सधैं झैं यही फागुन २३ गते पनि बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका माविमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेभित्रै घर फर्किने छोरी ९ बजेसम्म पनि घर नफर्किएपछि उनकी आमाले फोन गरिन्। तर,फोन ...
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपाति दुबैको नतिजा आई सक्दा ६ वटाले मात्र राष्ट्रिय दलको मान्यता
: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहरा र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले क्यामेरा अन ...
: पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ। उनीहरूलाई ललाइफकाई भारत लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूमा खोटाङको साबिक सुङ्देल गाविस ४ जन्म भई हाल सुनसरी वराहक्षेत्र- ३ नडाह बस्ने ३० वर्षीया मेनुका राई, सोही ठाउँकी २८ वर्षीया प्रमीला राई, २१ वर्षीया मनिषा माझी र सिन्धुपाल्चोक ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ल भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'एक्स'मा जवाफ दिँदै नेपालका भावी प्रधानमन्त्री बालेनले टी-२० विश्वकप जितेकोमा पनि बधाई दिएका छन्। उनले नेपाल र भारतीबीचको सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाइने बताए। 'नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ ...