: स्याङजा निर्वाचन क्षेत्र २ का १२ जना उम्मेदवारमध्ये ३ जनाले मात्र आफ्नो जमानत सुरक्षित गरेका छन्। अन्य ९ जना उम्मेदवारले जमानत गुमाएका छन्। जमानत सुरक्षित बनाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले, नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल र नेकपा एमालेमा खिमबहादुर थापा हुन्।
विजेता डुम्रेले २५ हजार ३५४ मत, उपविजेता मल्लले २० हजार ८३० तेस्रो स्थानका थापाले १४ हजार १०८ मत ल्याएका उनीहरूले जमानत जोगाउन सफल बने। तर, अन्य ९ उम्मेदवारले जमानत जोगाउनका लागि आवश्यक मत ल्याउन नल्याएको निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले जानकारी दिए।
एक लाख १७ हजार ९३० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ९२८ मत खसेको थियो। खसेको मतमध्ये ६२ हजार २६६ मत सदर र २ हजार ६६२ मत बदर थियो।
यसैगरी, स्याङ्जा क्षेत्र नं. १ मा मा पनि रास्वपा, कांग्रेस, एमालेबाहेक अन्य ९ उम्मेदवारको जमान जफत भएको छ।