मुख्य समाचार
पर्सा क्षेत्र नम्बर २ मा २८ जना उम्मेदवारको जमानत जफत
पर्सा क्षेत्र नम्बर २ मा २८ जना उम्मेदवारको जमानत जफत

: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा २८ जना उम्मेदवारको जमानत जफत भएको छ। पर्सा–२ मा प्रत्यक्षतर्फ दलगत र स्वतन्त्र गरी कूल ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएकोमा तीमध्ये २८ जनाको जमानत जफत भएको हो। पर्सा–२ मा जमानत जफत हुनेहरुमा पूर्वसांसददेखि दलका राष्ट्रिय अध्यक्षसमेत रहेका छन्।


निर्वाचन आयोगका अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत फिर्ता नहुने प्रावधान छ। अर्थात जमानत जफत भएका उम्मेदवारको मनोनयन दर्ताका क्रममा निर्वाचन कार्यालयमा बुझाएको १० हजार रुपियाँ धरौटी रकम फिर्ता हुँदैन।


पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा कुल ३१ उम्मेदवारले प्रतिस्पर्धा गरेको भएपनि केवल तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन्। विजयी उम्मेदवार रास्वपाका सुशील कुमार कानुले ३० हजार ४७० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व मन्त्री अजयकुमार चौरसियाले १९ हजार ८१० मत र नेकपा (एमाले)की उम्मेदवार रीमा कुमारी यादवले ११ हजार ६०५ मत ल्याएर आफ्नो जमानत बचाएका छन्।



जमानत जफत हुनेहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानी रहेका छन्। उनले केवल २ हजार ६४२ मत प्राप्त गरेका छन्। टेमानी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार बिना जयसवालले १ हजार ९९९ मत ल्याएकी छन्। जयसवाल यसअघि राप्रपाबाटै समानुपातिक सांसद थिइन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज कुमार चौधरीले ९२३ मत ल्याएका छन्। पार्टीका केन्द्रीय सदस्य समेत रहेका चौधरीको सवार गाडीबाट निर्वाचनको पूर्व सन्ध्यामा शंकास्पद बस्तु फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा समेत लिएको थियो। उनी अहिले पनि प्रहरी हिरासतमै छन्।

जमानत जफत हुनेहरूमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार अमिताभ बच्चन दास तत्मा (३३० मत),जनमत पार्टीका उम्मेदवार श्याम प्रसाद गुप्ता (२२८ मत), आम जनता पार्टीकी उम्मेदवार रन्जु कुमारी साह (२०३ मत), नेपाल जनता पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका सन्तोष कुमार पटेल (१८७ मत), उज्यालो नेपाल पार्टीका कृष्णा मुरारी प्रजापति (१४८ मत ) रहेका छन्।

यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार पुन्देश्वर प्रसाद यादव (८३ मत), जन अधिकार पार्टीका उम्मेदवार देव शंकर यादव (३० मत ), जय मातृभूमि पार्टीका उम्मेदवार वीरेन्द्र प्रसाद (२१ मत), नेपाल लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास कुमार साह (२२ मत) र नेपाल मजदुर किसान पाटीका उम्मेदवार उमेश कुशवाह (५ मत) को पनि जमानत जफत भएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारहरू लक्ष्मी नारायण गुप्ता (१०० मत), शिव बचन ठाकुर लोहार (६३ मत) उमेश प्रसाद साह तेली (१७ मत ), रवीन्द्र कुमार चौधरी (१६ मत),सन्तोष महतो (१२ मत), राकेश कुमार सहनी (१० मत), किशोरी प्रसाद यादव (९ मत), मनोज साह कानु (७ मत), कृष्णा कुमार गिरी (५ मत), महेश महतो धानुक (५ मत), किसमती देवी (३ मत), साहेब प्रसाद राम (३ मत), रामनरेश प्रसाद चौरसिया (२ मत) र रोशन प्रसाद अहिर (१ मत)को पनि जमानत जफत भएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा कुल ९५ हजार १२० मतदाता रहेकोमा ६५ हजार ८७८ ले मतदान गरेका थिए। खसेको मतमध्ये कुल ६१ हजार ३१० मत सदर भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए। २८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन्। आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर ...
: सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छन्। सर्वोच्च अदालतले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने धारणा राखेकी हुन्। ‘कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन ...
: नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्। राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको ...
: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो । किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले ...
: विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी ...