मुख्य समाचार
भारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छा मृत्युलाई अनुमति
भारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छा मृत्युलाई अनुमति

: भारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छा मृत्युलाई अनुमति दिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई यस्तो अनुमति दिएको हो। उनी गाजियावाद निवासी हुन्। हाल लाइफ सर्पोट सिस्टममा मात्रै जीवित छन्।


न्यायाधीशहरू जेबी पार्डीवाला र केभी विश्वनाथको संयुक्त इजलासले यस भावनात्मक र लामो समयदेखि बहस भइरहेको मुद्दामा फैसला सुनाएको हो। यो फैसला हरीशका आमा निर्मला र बाबु अशोक राणाको अपिलमा सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


सर्वोच्च अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छामृत्युको बारेमा व्यापक कानुन बनाउने बारेमा पनि विचार गर्न भनेको छ। अदालतले बिरामीको उपचार भइरहेको एम्स अस्पताललाई उनको लाइफ सर्पोट प्रणाली क्रमिक रुपमा हटाउन निर्देशन दिएको छ। अदालतले यो प्रक्रिया बिरामीको मर्यादा र सम्मान कायम राख्नेगरी सावधानीपूर्वक पूरा गर्नुपर्ने पनि उल्लेख गरेको छ।



निष्क्रिय इच्छामृत्यु भनेको बिरामी निको नहुने अवस्थामा जीवन बचाउन प्रयोग हुने उपकरण हटाइ दिनु हो,जसले बिरामीलाई स्वाभाविक रुपमा मृत्यु हुन दिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...