मुख्य समाचार
उत्तर कोरियाले इरानले मोज्ताबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको निर्णयलाई ‘सम्मान’ गर्ने बताए
उत्तर कोरियाले इरानले मोज्ताबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको निर्णयलाई ‘सम्मान’ गर्ने बताए

: उत्तर कोरियाले इरानले मोज्ताबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको निर्णयलाई ‘सम्मान’ गर्ने बताएको छ । उत्तर कोरियाले अमेरिका तथा इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘अवैध’ भन्दै आलोचना समेत गरेको छ ।


राज्य सञ्चालित समाचार संस्था केसीएनएका अनुसार बुधबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले इरानले नयाँ सर्वोच्च नेता चयन गरेको निर्णयप्रति सम्मान व्यक्त गरेका हुन् । नयाँ नेता मोज्ताबा खामेनी दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुन् । समाचारमा जनाइएअनुसार अली खामेनीको २८ फेब्रुअरीमा सुरु भएको अमेरिका–इजरायल आक्रमणमा मृत्यु भएको थियो।


प्रवक्ताले भने, ‘इरानको विज्ञहरूको सभाले नयाँ इस्लामिक क्रान्तिको नेता चयन गरेको आधिकारिक घोषणाबारे हामी इरानी जनताको अधिकार र छनोटको सम्मान गर्छौं ।’ उत्तर कोरियाले अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणलाई कडा शब्दमा निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र सुरक्षालाई कमजोर बनाउने र अन्तर्राष्ट्रिय अस्थिरता बढाउने चेतावनी पनि दिएको छ ।



प्रवक्ताका अनुसार यस्तो आक्रमणले ‘कुनै देशको राजनीतिक प्रणाली र भौगोलिक अखण्डता’ माथि चोट पुर्‍याउने भएकाले यसलाई विश्वभरि निन्दा गर्नुपर्छ । १२ दिनअघि सुरु भएको अमेरिका–इजरायलको युद्धपछि उत्तर कोरियाले मध्यपूर्वमा भएको घटनालाई ‘गुण्डा शैलीको व्यवहार’ भनेर आलोचना गरेको थियो ।


यसैबीच केसीएनएले बुधबार उत्तर कोरियाली नेता किम जोङ उनले देशको नयाँ र सबैभन्दा ठूलो नौसैनिक विनाशक जहाज ८८चोए ह्योनबाट रणनीतिक क्रुज मिसाइल परीक्षणको निरीक्षण गरेको पनि जनाएको छ । मिसाइल परीक्षणका क्रममा किमले ‘शक्तिशाली र भरपर्दो आणविक प्रतिरोध क्षमता कायम राख्ने र विस्तार गर्ने’ रणनीतिक कामको महत्वबारे बोलेको केसीएनएले जनाएको छ ।

चोए ह्योन जहाजबाट गरिएको यो दोस्रो मिसाइल परीक्षण हो । गत हप्ता किमले आफ्नो देशले ‘नौसेनालाई आणविक हतियारले सुसज्जित बनाइरहेको’ भन्दै प्रशंसा गरेका थिए । संयुक्त राज्य अमेरिकाले दशकौँदेखि उत्तर कोरियाको आणविक कार्यक्रम समाप्त गर्न प्रयास गर्दै आएको छ । तर प्योङयाङले यस्तो हतियार दक्षिण कोरिया र अमेरिकासहितका सहयोगीबाट सम्भावित आक्रमण रोक्न आवश्यक भएको बताउँदै आएको छ ।

हालैका महिनाहरूमा डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियासँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने इच्छा देखाएको थियो । किम जोङ उनले भने, ‘यदि वाशिङ्टनले उत्तर कोरियालाई आणविक शक्ति भएको देशका रूपमा स्वीकार गरेमा दुई देश एकअर्कासँग मिलेर बस्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...