मुख्य समाचार
हर्मुज जलमार्गमा धराप थाप्ने १६ इरानी जहाज नष्ट गरेको अमेरिकाको दावी
हर्मुज जलमार्गमा धराप थाप्ने १६ इरानी जहाज नष्ट गरेको अमेरिकाको दावी

: अमेरिकी केन्द्रीय कमाण्डले अमेरिकाले गरेको आक्रमणपछि विष्फोट भएका इरानी नौसैनिक जहाजहरूको भिडियो सार्वजनिक गरेको छ ।


कमाण्डका अनुसार मंगलबार होर्मुज जलडमरु नजिक रहेका १६ वटा इरानी ‘माइन–लेयर’ जहाजलाई लक्ष्य बनाउँदै आक्रमण गरिएको थियो र ती सबै नष्ट गरिएको दाबी गरिएको छ । पेन्टागनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत इरानको नौसैनिक शक्ति ध्वस्त पार्नु तीन प्रमुख उद्देश्यमध्ये एक रहेको बताएका थिए ।


यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरुमा माइन राख्ने प्रयास गर्ने कुनै पनि इरानी जहाजलाई नष्ट गरिने चेतावनी दिएका थिए । मध्यपूर्वको अत्यन्त महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्ग मानिने यो क्षेत्रबाट विश्वका धेरै तेल र सामान बोकेका जहाजहरू आवत–जावत गर्छन् । कमाण्डले एक्समा सार्वजनिक गरेको भिडियोमा विभिन्न आकारका जहाजहरू प्रहारपछि विस्फोट भएर नष्ट भएको देखिन्छ ।



होर्मुज जलडमरुमा कार्गो जहाजमा आक्रमण
यसैबीच बेलायती यूके म्यारिटाइम ट्रेड अपरेसनका अनुसार होर्मुज जलडमरुमा एउटा कार्गो जहाज अज्ञात प्रहारपछि आगलागी भएको छ । ओमानको उत्तरतर्फ करिब ११ समुद्री माइल दूरीमा रहेको स्थानमा बिहान ०४ः३५ मा घटना भएको बताइएको छ । जहाजमा आगलागी भएपछि त्यसलाई खाली गराइएको छ ।

UKMTO ले यसअघि पनि सोही क्षेत्रमा एउटा कन्टेनर जहाजमाथि अज्ञात प्रहार भएको अर्को घटना रिपोर्ट गरेको थियो । घटनापछि सो क्षेत्रबाट यात्रा गर्ने जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

इरानद्वारा मध्यपूर्वका अमेरिकी आधारमा क्षेप्यास्त्र आक्रमण
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका अनुसार इरानले मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य आधारहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ । राज्य सञ्चारमाध्यम ISNA ले साझा गरेको विज्ञप्तिअनुसार कतारको अल उदैद, कुवेतको क्याम्प अरिफजान र इराकको हरिरस्थित अमेरिकी सैन्य आधार लक्ष्य बनाइएका छन् ।

विज्ञप्तिमा क्षेत्रस्थित अमेरिकी पाँचौं नौसैनिक फ्लीटलाई पनि निशाना बनाइएको र अमेरिकी सेनाको ‘सञ्चालन संरचना’ नष्ट गरिएको दाबी गरिएको छ । इरानी पक्षले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो र भीषण सैन्य अपरेसन भएको दाबी गरेको छ । हालसम्म अमेरिकी अधिकारीहरूले यी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम