मुख्य समाचार
हर्मुज जलमार्गमा धराप थाप्ने १६ इरानी जहाज नष्ट गरेको अमेरिकाको दावी
हर्मुज जलमार्गमा धराप थाप्ने १६ इरानी जहाज नष्ट गरेको अमेरिकाको दावी

: अमेरिकी केन्द्रीय कमाण्डले अमेरिकाले गरेको आक्रमणपछि विष्फोट भएका इरानी नौसैनिक जहाजहरूको भिडियो सार्वजनिक गरेको छ ।


कमाण्डका अनुसार मंगलबार होर्मुज जलडमरु नजिक रहेका १६ वटा इरानी ‘माइन–लेयर’ जहाजलाई लक्ष्य बनाउँदै आक्रमण गरिएको थियो र ती सबै नष्ट गरिएको दाबी गरिएको छ । पेन्टागनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत इरानको नौसैनिक शक्ति ध्वस्त पार्नु तीन प्रमुख उद्देश्यमध्ये एक रहेको बताएका थिए ।


यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरुमा माइन राख्ने प्रयास गर्ने कुनै पनि इरानी जहाजलाई नष्ट गरिने चेतावनी दिएका थिए । मध्यपूर्वको अत्यन्त महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्ग मानिने यो क्षेत्रबाट विश्वका धेरै तेल र सामान बोकेका जहाजहरू आवत–जावत गर्छन् । कमाण्डले एक्समा सार्वजनिक गरेको भिडियोमा विभिन्न आकारका जहाजहरू प्रहारपछि विस्फोट भएर नष्ट भएको देखिन्छ ।



होर्मुज जलडमरुमा कार्गो जहाजमा आक्रमण
यसैबीच बेलायती यूके म्यारिटाइम ट्रेड अपरेसनका अनुसार होर्मुज जलडमरुमा एउटा कार्गो जहाज अज्ञात प्रहारपछि आगलागी भएको छ । ओमानको उत्तरतर्फ करिब ११ समुद्री माइल दूरीमा रहेको स्थानमा बिहान ०४ः३५ मा घटना भएको बताइएको छ । जहाजमा आगलागी भएपछि त्यसलाई खाली गराइएको छ ।

UKMTO ले यसअघि पनि सोही क्षेत्रमा एउटा कन्टेनर जहाजमाथि अज्ञात प्रहार भएको अर्को घटना रिपोर्ट गरेको थियो । घटनापछि सो क्षेत्रबाट यात्रा गर्ने जहाजहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

इरानद्वारा मध्यपूर्वका अमेरिकी आधारमा क्षेप्यास्त्र आक्रमण
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका अनुसार इरानले मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य आधारहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ । राज्य सञ्चारमाध्यम ISNA ले साझा गरेको विज्ञप्तिअनुसार कतारको अल उदैद, कुवेतको क्याम्प अरिफजान र इराकको हरिरस्थित अमेरिकी सैन्य आधार लक्ष्य बनाइएका छन् ।

विज्ञप्तिमा क्षेत्रस्थित अमेरिकी पाँचौं नौसैनिक फ्लीटलाई पनि निशाना बनाइएको र अमेरिकी सेनाको ‘सञ्चालन संरचना’ नष्ट गरिएको दाबी गरिएको छ । इरानी पक्षले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो र भीषण सैन्य अपरेसन भएको दाबी गरेको छ । हालसम्म अमेरिकी अधिकारीहरूले यी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...