मुख्य समाचार
अमेरिकी सेनाको बेस क्याम्पमा इरानले जवाफी आक्रमण गर्दा भएको द्वन्द्वका कारण हाल विश्वका धेरै क्षेत्रहरूमा प्रभाव
अमेरिकी सेनाको बेस क्याम्पमा इरानले जवाफी आक्रमण गर्दा भएको द्वन्द्वका कारण हाल विश्वका धेरै क्षेत्रहरूमा प्रभाव

: अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा इरानले खाडी मुलुकमा रहेका अमेरिकी सेनाको बेस क्याम्पमा इरानले जवाफी आक्रमण गर्दा भएको द्वन्द्वका कारण हाल विश्वका धेरै क्षेत्रहरूमा प्रभाव पारेको छ । यसको प्रभावबाट खेलकुद जगत पनि अछुतो रहन सकेन ।


जसको बाछिटा नेपाली खेलकुदमा पनि परेको छ । नेपाल, ओमान र यूएई सम्मिलित आइसीसी विश्वकप लिग २ को श्रृंखला हालका लागि स्थगित भएको छ । यति मात्रै होइन पछिल्लो समय मध्य पूर्वमा हुने खेलकुदका गतिविधि स्थगित हुँदा विश्वका प्राय खेल प्रभावित बनेका छन् ।


नेपाल, ओमान र यूएईबीचको आईसीसी विश्वकप लिग–२ को श्रृंखला स्थगित



null
आइसीसी विश्वकप लिग २ को नेपालमा आयोजना हुने गरी तय भएको नेपाल, ओमान र यूएई सम्मेलित श्रृंखला हालका लागि स्थगित भएको छ । मार्च १० बाट काठमाडौं हुनेगरी निर्धारण भएको श्रृंखला मध्य पूर्वको युद्धका कारण स्थगित भएको हो ।

ओमान र यूएईका खेलाडी आउने एयरपोर्टहरु नै द्वन्द्वको कारण प्रभावित बन्दा लिग श्रृंखला पछाडि धकेलिएको हो । यो श्रृंखलाको आयोजक रहेको नेपाल क्रिकेट संघ (क्यान) ले मार्च ४ मा एक विज्ञप्ति जारी गर्दै यो श्रृंखला आगामी सूचना नआउँदासम्मको लागि स्थगित गरिएको हो ।

आइसीसी टी–२० विश्वकप २०२६ खेल्न भारत आएका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको खेलाडी अलपत्र

null
आइसीसी टी–२० विश्वकप खेल्न भारत आएका टिमहरुमध्ये वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको टिम स्वदेश फर्कन समस्या भयो । सुपर ८ मा नै आफ्नो यात्रा सकेको वेस्ट इन्डिज र सेमिफाइनलसम्मको खेल खेलेको दक्षिण अफ्रिकाको टोली स्वदेश फर्कन समस्या भयो ।

मार्च १ मा सुपर ८ अन्तर्गतको अन्तिम खेलमा भारतसँग पराजित हुँदै विश्वकप २०२६ को यात्रा सकेको वेस्ट इन्डिज मार्च १० सम्म घर फर्कन पाएको थिएन । आइसीसीले चार्टर विमानबाट स्वदेश फर्काउने पहलमा पनि निकै समय लागेपछि यी दुई टोली भारतमा अलपत्र परेका थिए । जसमा वेस्ट इन्डिजले भने आफ्नो खेलाडीलाई व्यवसायीक उडानमार्फत १० र ११ मा गरी खेलाडी स्वदेश फर्काउन लागेको हो ।

यी दुवै टोली स्वदेश फर्कन मध्य पूर्वको बाटो हुँदै जानु पर्ने थियो । त्यस देशका एयरपोर्टहरु द्वन्द्वका कारण प्रभावित बन्दा यी दुई टोलीलाई स्वदेश फर्कन सकस भएको हो ।

एसियन कप २०२६ खेल्न अष्ट्रेलिया पुगेका इरानी फुटबलरले अष्ट्रेलियामा लिए शरण

nullमहिला एसियन कप २०२६ हाल अष्ट्रेलियामा भइरहेको छ । जसमा इरानले पनि सहभागिता जनाएको थियो । इरानमा भएको युद्धको कारण दक्षिण कोरियासँगको खेलमा आफ्नो देशको राष्ट्रिय गान समेत गाउन खेलाडीले मानेनन् । यी खेलाडीले अष्ट्रेलियन सरकारलाई गुहार माग्दै मानवीय भिसा प्राप्त गरेका छन् ।

अष्ट्रेलियाले इरानको सम्पूर्ण टिमलाई सहयोग गर्ने बताए पनि हाल ५ जना फुटबलरले अष्ट्रेलियाको सहयोग स्विकार गरेका छन् । जमिा फतेमा पासानडिडेह, जाहरा घानबारी, जाहरा सरबाली, अतेफे रामाजानजाडेह र मोना हमौदी रहेका छन् । इरानी फुटबल टिम एक महिना अगाडि एसियन कप खेल्न अष्ट्रेलिया आएको थियो ।

अमेरिकन हक्की टिमले हक्की विश्वकप छनोट २०२६ बाट नाम फिर्ता लियो

null

हक्की विश्वकप छनोट २०२६ को खेल इजिप्टमा हुँदैछ । यो छनोट खेलबाट अमेरिकाले आफ्नो नाम फिर्ता लिएको छ । मध्य पूर्वमा भएको द्वन्द्वको स्थितिका कारण अमेरिकन टिमले आफ्नो सहभागिता फिर्ता लिएको हो ।

द्वन्द्व भइरहेको स्थानमा अमेरिकन नागरिकलाई जान नदिन टिमले नाम फिर्ता लिइएको हो । यस विषयमा अन्तर्राष्ट्रि हक्की महासंघले अमेरिकन टिमको निर्णयमा पूर्ण समर्थन जनाएको बुधबार महासंघले बतायो ।

इरानको खेलकुद कार्यक्रम स्थगित
हाल द्वन्द्वको चर्को मारमा रहेको इरानमा हाल अर्को सूचना नआउँदासम्मको लागि सम्पूर्ण खालको खेलकुद कार्यक्रम स्थगित गर्ने भएको छ । इरानको चर्चित पेरसियन गल्फ प्रो लिगदेखि हरेक खेलकुद कार्यक्रम स्थगित गरिएको छ । बहराइनी फुटबल संघले पनि आफ्नो कार्यक्रमहरु स्थगित गरेको छ ।

अफगानिस्तान र श्रीलंकाको श्रृखंला स्थगित
अफगनिस्तान र श्रीलंकाले यूएईमा खेल्ने द्विपक्षीय अन्तर्राष्ट्रिय श्रृखंला स्थगित भएको छ । बुधबार अफगानिस्तान क्रिकेट संघले एक सूचना जारी गर्दै यो श्रृखंला अवस्था सामान्य नहुँदासम्मको लागि स्थगित भएको बताएको हो । यो श्रृखंला अब २०२६ को अन्तिम महिनामा मात्र खेलिने भन्दै सूचनामा उल्लेख गरिएको छ । मार्च १३ देखि २५ सम्म हुने गरी ३ एकदिवसीय र ३ टी–२० खेल सम्मिलित श्रृखंला स्थगित गरिएको हो । उडान समस्याका कारण यो श्रृखंला स्थगित गरिएको अफगानिस्तान क्रिकेट संघले जानकारी दिएको छ ।

एसियन च्याम्पियन्स लिगको खेल स्थगित

एएफसी एसियन च्याम्पियन्स लिग एलिटको मार्चको अघिल्लो हप्ताका खेलहरु स्थगित भएका छन् । मध्य पूर्वमा जारी यस प्रतियोगिताको राउन्ड अफ १६ को ४ खेलहरु यूएई र कतारमा खेलिने तालिका रहेको थियो । हाल यी देशहरुमा भएको सुरक्षा चुनौतीका कारण यो खेलहरु स्थगित भएका हुन् । यो प्रतियोगितामा साउदी अरेबिया र इरान पनि सहभागी रहेका थिए । तर अब भने यी खेल स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम