मुख्य समाचार
परराष्ट्र मन्त्री बालानन्द शार्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताए
परराष्ट्र मन्त्री बालानन्द शार्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताए

: परराष्ट्र मन्त्री बालानन्द शार्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली नागरिकहरू जोखिममा नरहेको स्पष्ट पारेका हुन्।


उनले नेपाली श्रमिकहरूभन्दा पनि दोस्रो मुलुक जाने नेपालीहरू मध्यपूर्वी देशको ट्रान्जिटमा फसेको बताए। 'श्रमिकभन्दा पनि दोस्रो मुलुक जाने नेपाली नागरिकहरू ट्रान्जिटमा फसेका छन्। उहाँहरू छिट्टै उनीहरू गन्तव्ययमा पुग्ने विश्वास लिएका छौं। हाललाई त्यहाँ आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलायन्यसहरूले व्यवस्था गरेको अवस्था छ,' उनले भने।


त्यस्तै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रबाट जति संख्यामा नेपाली नागरिक भए पनि राज्यले उद्धार गर्नुपर्ने बताए। उनले सञ्चारकर्मीको प्रश्नमा भने, '२० लाख छन् भन्दैमा उद्धार नगर्ने कुरा हुँदैन। हाम्रा नागरिकलाई अलपत्र परेको अवस्थामा ल्याउँदिन भन्न पाइँदैन। जति संख्यामा भए पनि उद्धार गर्नुपर्छ। त्यसका लागि सबैले मिलेर काम गर्नुपर्छ,' उनले भने।



उनले उद्धार गर्नुपर्ने अवस्था आए राज्य नै त्यसका लागि तयार रहनुपर्ने बताए। '२५-३० लाखलाई उद्धार गर्नका लागि राष्ट्रिय स्तरमै खटिनुपर्ने हुनसक्छ। त्यसका खालको पूर्वाधार पनि जुटाउनुपर्ने हुन्छ। यस विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायहरूसँग पनि निरन्तर छलफल गरिरहेको छ,' उनले भने।

यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईले पानीजहाजबाट भए पनि नेपालीहरूलाई उद्धार गरिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्र मन्त्रालयका सचि अमृतबहादुर राईले मध्यपूर्वी एसियामा देखिएको द्वन्द्वमा फसेका नेपाली श्रमिकलाई आइपरे पानीजहाजबाट उद्धार गर्न सकिने बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो संख्यामा नेपालीहरू मध्यपूर्वी एसियाका देशहरूमा काम गर्ने भएकाले पानी जहाजबाट भए पनि उद्धार गर्न सकिने बताएका हुन्। 'मध्यपूर्वी एसिया क्षेत्रमा फसेका नेपालीहरूलाई पानीजहाजबाट पनि उद्धार गर्न सकिन्छ। तर, आशा गरौं, ...
: राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस विशेष महाधिवेशन अनुचित सिद्ध भएको टिप्पणी गरेका छन् । सिंहदरबार परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले संस्थागत रुपमा आफूहरुले त्यसलाई आवश्यक नठानेको पनि बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक विवादलाई अदालतले छिट्टो किनारा लगाउनु पर्ने पनि बताए । अदालतको फैसलापछि मात्र कांग्रेस पार्टी अगाडि बढ्न ...
: नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ। निगमले मंगलबार एक उडान सूचना प्रकाशन गर्दै आज राति ११:१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो। दुबईबाट उडेको आरए ...
: गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै ...
: कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए। २८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन्। आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर ...