मुख्य समाचार
कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा
कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा

— कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि नियमित उडान सेवा प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा गरेको छ।

एयरलाइन्सका अनुसार हाल नियमित व्यावसायिक उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ। तर कतार सिभिल एभिएसन अथोरिटीबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई सहयोग गर्न उडानहरू सञ्चालन गरिन लागेको कतारले आफ्नो सामाजिक प्लेटफर्मबाट जानकारी दिएको हो ।

एयरलाइन्सले यी उडानहरूलाई नियमित व्यावसायिक सेवा पुनः सुरु भएको पुष्टि मान्न नहुने पनि स्पष्ट पारेको छ। कतारको हवाई क्षेत्र सुरक्षित रूपमा पुनः खुला भएको पुष्टि भएपछि मात्र नियमित उडान सञ्चालन पूर्ण रूपमा सुरु गरिने उस्ले केहीबेर अघि जनाएको हो ।

यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन कतार एयरवेजले केही प्रत्यक्ष ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडानहरू पनि व्यवस्था गरेको छ। यस्ता उडानका लागि योग्य यात्रुहरूलाई कतार एयजले सिधै सम्पर्क गर्ने जनाएको छ। एयरलाइन्सले मान्य र पुष्टि भएको टिकट नभएसम्म प्रस्थान गर्ने विमानस्थलमा नआउन यात्रुहरूलाई आग्रह गरेको छ।

कतार एयरवेजले यात्रु तथा चालक दलको सुरक्षा र स्वास्थ्य आफ्नो उच्च प्राथमिकता रहेको दोहोर्याएको पनि छ। नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको असुविधाप्रति एयरलाइन्सले माफी माग्दै यात्रुहरूको धैर्य र सहयोगका लागि आग्रह गरेको छ ।

यात्रुहरूले पछिल्लो उडान तालिका कतार एयरवेजको वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत जाँच गर्न सकिने यात्रुहरुलाई भनेको छ ।

कतारले दानिक दोहाबाट संसारभर १ हजार हाराहारी उडान गर्छ । नेपालमा दैनिक यस्ले तीन उडान गर्छ । नेपालको उडान अझै खुला गरीसकेको छैन । नेपालमा धेरै यात्रु र उडान गर्नेमा कतार अग्रस्थानमा पर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम