मुख्य समाचार
नियमित आयात हुँदा पनि बजारमा ग्यास अभाव
नियमित आयात हुँदा पनि बजारमा ग्यास अभाव

— काठमाडौं शंखमूलको प्रकाश न्याछ्यौं स्टोरमा खाना पकाउने बाबा ग्यास अभाव भएको दुई साताभन्दा बढी भयो । स्टोरका सञ्चालक प्रकाश न्याछ्यौं नै कहिले ग्यास आउँछ भन्नेमा निश्चिन्त छैनन् । ‘किन हो ग्यास नै आएको छैन,’ उनले भने, ‘कति दिन नआउने हो, थाहा छैन, उपभोक्ताले सोधिरहन्छन्, ग्यास आएपछि खबर गरौंला भन्दै पठाउने गरेको छु ।’

अहिले बजारमा ग्यास नपाइएको उपभोक्ताको गुनासो छ । तर नेपाल आयल निगम भने ग्यास आपूर्तिमा समस्या नभएको र उपभोक्ताले अनावश्यक धेरै सिलिन्डर जम्मा गरेर राख्दा अभाव भएको बताउँछ । पश्चिम एसियामा बढ्दो तनावका कारण सर्वसाधारण त्रसित भएर ग्यास स्टोर गर्दा अभाव जस्तो देखिएको निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टको भनाइ छ ।

निगमले बुधबारबाट ग्यास विक्रेताहरूलाई उद्योगबाट प्राप्त परिमाणको विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ । ‘भारतबाट नियमित आयात हुँदा र उद्योगबाट उत्पादन भइरहँदा पनि बजारमा ग्यास अभाव भइरहेको छ,’ भट्टले भने, ‘विवरण बुझाउन थालेपछि बाँकी ग्यास कहाँ गयो भन्ने थाहा हुन्छ ।’

निगमले देशभरका ६० ग्यास उद्योगमा भारतबाट आएको ग्यास उपलब्ध गराइरहेको छ । अहिले मासिक रूपमा भारतबाट ५० हजार ३ सय मेट्रिकटन ग्यास आउने गरेको छ । अघिपछि दैनिक औसतमा ९५ बुलेट (ग्यास बोक्ने ट्यांकर) भारतबाट आउने गर्थे । निर्वाचनअघि निर्वाचनलाई नै मध्यनजर गर्दै दैनिक औसतमा १ सय १२ बुलेट आइरहेका थिए । अहिले १ सय ५ देखि १ सय १० वटासम्म बुलेट आउने गरेका छन ।

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
‘पहिला ४५ हजार मेट्रिकटन ग्यास आउने गर्थ्यो, चुनावमा ग्यास अभाव हुन नदिन पहिल्यै ५० हजार ३ सय मेट्रिकटन ल्याउन थालेको हो, अहिले पनि त्यही परिणाममा ग्यास आइरहेको छ,’ भट्टले भने । उनका अनुसार निर्वाचनअघि सबैभन्दा बढी १ सय ३७ वटासम्म ग्यास बुलेट आएका थिए ।

भारतका पाँच ठाउँबाट ग्यास आउने गरेको छ । सबैभन्दा बढी बरौनी रिफाइनरीबाट ग्यास आउने गरेको छ । त्यसपछि मथुरा, दुर्गापुर, पारादीप र हल्दियाबाट ग्यास आउने गरेको छ । एउटा बुलेटले १८ मेट्रिकटनसम्म ग्यास बोक्छ । उक्त परिमाणको ग्यास १२ सय सिलिन्डरमा भर्न मिल्छ । निगमका अनुसार अहिले भारतबाट प्रतिदिन २० करोड ३४ लाख रुपैयाँको ग्यास आयात हुने गरेको छ ।

‘अघिपछि भइरहेको भन्दा बढी ग्यास आउँदा बजारमा अभाव देखिनुको मुख्य कारण अनावश्यक भण्डारण नै हो, एउटा घरमा ४/५ वटासम्म सिलिन्डर राख्ने गर्दा समस्या भएको हो,’ उनले भने, ‘होटल तथा रेस्टुरेन्टमा पनि बढी भण्डारण हुँदा अभाव भएको छ ।’ नियमितभन्दा अझै बढी आयात गरेर समाधान गर्ने पक्षमा निगम रहेको भट्टले सुनाए ।

केही स्थानमा बढी पैसा लिएर ग्यास बिक्री गरेको गुनासो आएको र ती ठाउँ पहिचान गरिसकिएको उनले बताए । ‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरेर अनुगमन गरी विभागको नियम, कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘ग्यास अभाव हुन नदिन र धेरैभन्दा धेरै आयात गर्न इन्डियन आयल कर्पोरेसनसँग नियमित सम्पर्क र समन्वयमा छौं ।’

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
ग्यास अभाव देखिइरहे आधा सिलिन्डर भरेर वितरण गर्ने योजनामा निगम रहेको भट्टले जानकारी दिए । ‘अहिले १४.२ केजीको सिलिन्डर वितरण भइरहेकामा आधा सिलिन्डर ७.१ केजीको वितरण गर्ने सोचमा पनि छौं,’ उनले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेर अघि बढ्छौं ।’ अहिले बढी उपभोक्ता भएको नेपाल, एभरेस्ट, साइबाबा, शुभम ग्यासको माग बढी हुँदा केही अभाव देखिएको उनको भनाइ छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा ३१ अर्ब ८५ करोड ९ लाख ४८ हजारको ३२ करोड १० लाख ८९ हजार ६ सय ८५ किलो ग्यास आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजारको ३१ करोड ४३ लाख ४१ हजार २ सय ११ किलो ग्यास आयात भएको थियो । गत आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ६७ लाख ४८ हजार ४ सय ७४ किलो ग्यास बढी आयात भएको छ ।

बजारमा ग्यासको अभाव नभएको दाबी नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दको छ । ‘चार/पाँच महिनाअघि भारतबाट कम ग्यास आयात भयो, त्यसको प्रभाव अहिलेसम्म परेजस्तो भएको छ,’ उनले भने, ‘फेरि चिसो मौसममा ग्यासको खपत बढी हुन्छ, यो बेला ग्यास हिटर र गिजरको प्रयोग बढी हुन्छ । अब गर्मी सुरु हुँदै छ, यसको प्रयोग कम भई अभाव घट्नेछ ।’ बजारमा ग्यास अभाव हुँदै छ भन्ने हल्लाले खाली सिलिन्डर भएका सबैले भरेर राख्दा समस्या भएको उनको बुझाइ छ । तर आजका दिनसम्म ग्यास आपूर्ति कम नभएको दाबी उनको छ ।

‘भारतले दिनुपर्ने ग्यास दिइरहेको छ,’ उनले भने, ‘त्यसैले अहिले उपभोक्ता आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’ उनका अनुसार नेपाल, एसटीसी, शुभम र एभरेस्ट ग्यास टेकुबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ । ‘पहिलाको आयल निगमको कार्यालय परिसरबाट उक्त कम्पनीका प्रतिनिधिहरू बसेर ग्यास बिक्री गरिरहेका छन्,’ उनले भने, ‘कसैलाई समस्या भए उक्त कम्पनीका खाली सिलिन्डर लिएर जाँदा ग्यास पाइन्छ ।’ नेपाल ग्यासले बालाजुबाट पनि बिक्री गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लामा ८९ उम्मेदवारको धरौटी जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन/तीन जना गरी नौ जनाले मात्र धरौटी जोगाएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी जफत हुने व्यवस्था छ । क्षेत्र नं १ मा ३४ ...
— सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ । रास्वपाले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालले ३६ हजार ६८ मत ल्याएको छ । नेपाली कांग्रेसले २६ हजार ९ सय ६३ मत ल्याउँदा चौथो नम्बरमा ...
— हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाका २ निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ३ पूर्वमन्त्रीसहित ३० जनाको जमानत जफत भएको छ । पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी, पूर्वखानेपानीमन्त्री अब्दुल खान र लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले खसेको सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको हो । बर्दिया–१ मा १८ र ...
— हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा ...
— परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षाकै दृष्टिकोणबाट तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था आइनसकेको जनाएको छ । ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नु पर्ने अवस्था आइसकेको छैन,’ परराष्ट्र सचिव अमृतकुमार राईले पत्रकार सम्मेलनमा भने,‘कोही चिन्तित नहुनु होला । विचलित नहुनु होला । नेपालमा रहेको उहाँहरुको आमाबुवा, दिदीबहिनीहरुलाई र पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम