मुख्य समाचार
पछिल्लो समय जंगली हात्ती र बाघको आतंक बढ्दै
पछिल्लो समय जंगली हात्ती र बाघको आतंक बढ्दै

— जिल्लाको ठोरी गाउँपालिकामा पछिल्लो समय जंगली हात्ती र बाघको आतंक बढ्दै गएको छ। मानव बस्ती नजिकै वन्यजन्तुको आवागमन बढेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएका छन्।

ठोरी–२ हनुमाननगर आसपासको क्षेत्रमा पछिल्ला केही दिनयता जंगली हात्ती नियमित रूपमा देखिन थालेको स्थानीयले बताए। प्रायः रातको समयमा चितवन राष्ट्रिय निकुञ्जतर्फको जंगलबाट निस्किएर मानव बस्ती नजिकसम्म आउने गरेको उक्त हात्तीका कारण स्थानीयमा डरको वातावरण सिर्जना भएको हो।

स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार हात्ती अहिलेसम्म बस्तीभित्र प्रवेश नगरे पनि मानव बस्ती नजिकसम्म आइपुगेकाले जुनसुकै बेला ठूलो क्षति हुन सक्ने आशंका बढेको छ। ‘अहिले बालीको सिजन छैन, तर हात्ती बस्तीनजिकै देखिन थालेपछि स्थानीय निकै त्रसित भएका छन्,’ उनले भने, ‘यदि बालीको समयमा आयो भने ठूलो नोक्सानी हुन सक्छ।’

ठोरी क्षेत्र भौगोलिक रूपमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले चारैतिरबाट घेरिएको क्षेत्र हो। यस कारण यहाँ जंगली जनावरको आवागमन धेरै हुने गरेको स्थानीय बताउँछन्। हात्ती मात्र होइन, चित्तल, बँदेल, नीलगाई लगायतका वन्यजन्तुले बर्सेनि स्थानीय किसानको बालीनालीमा क्षति पुर्‍याउने गरेका छन्। स्थानीय किसानका अनुसार उनीहरूले लगाएको धान, मकै लगायतका बाली पूर्ण रूपमा भित्र्याउन पाउने अवस्था प्रायः हुँदैन। वन्यजन्तुले खेतबारीमा प्रवेश गरी बाली नष्ट गर्दा किसानले लगानीअनुसार प्रतिफल पाउन नसक्ने अवस्था वर्षौंदेखि दोहोरिँदै आएको छ।
यसैबीच, ठोरी–१ गौतमनगर पूर्व हुलाकी सडक आसपासको क्षेत्रमा पछिल्लो झण्डै एक महिनादेखि बाघको आतंक पनि बढेको स्थानीयले बताए। स्थानीय बासिन्दाले जडान गरेको सीसीटीभी क्यामेरामा हुलाकी सडक आसपास बाघ आवतजावत गरिरहेको दृश्यसमेत कैद भएको छ।

बाघको गतिविधि देखिएपछि साँझपख घरबाहिर निस्कन स्थानीय डराउन थालेका छन्। विशेषगरी बालबालिका तथा पशुचौपायाको सुरक्षालाई लिएर स्थानीय चिन्तित बनेका छन्।

समयमै उचित व्यवस्थापन नगरिए मानव–वन्यजन्तु द्वन्द्व अझ बढ्ने स्थानीयको चिन्ता छ। अहिले हात्ती र बाघको गतिविधि बढेपछि ठोरी क्षेत्रका बासिन्दा सधैं त्रासको वातावरणमा बस्न बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लामा ८९ उम्मेदवारको धरौटी जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन/तीन जना गरी नौ जनाले मात्र धरौटी जोगाएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी जफत हुने व्यवस्था छ । क्षेत्र नं १ मा ३४ ...
— सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ । रास्वपाले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालले ३६ हजार ६८ मत ल्याएको छ । नेपाली कांग्रेसले २६ हजार ९ सय ६३ मत ल्याउँदा चौथो नम्बरमा ...
— हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाका २ निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ३ पूर्वमन्त्रीसहित ३० जनाको जमानत जफत भएको छ । पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी, पूर्वखानेपानीमन्त्री अब्दुल खान र लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले खसेको सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको हो । बर्दिया–१ मा १८ र ...
— हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा ...
— परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षाकै दृष्टिकोणबाट तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था आइनसकेको जनाएको छ । ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नु पर्ने अवस्था आइसकेको छैन,’ परराष्ट्र सचिव अमृतकुमार राईले पत्रकार सम्मेलनमा भने,‘कोही चिन्तित नहुनु होला । विचलित नहुनु होला । नेपालमा रहेको उहाँहरुको आमाबुवा, दिदीबहिनीहरुलाई र पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम