मुख्य समाचार
इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २ सय डलर पुग्न सक्ने भन्दै विश्वलाई तयार रहन भनेको छ
इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २ सय डलर पुग्न सक्ने भन्दै विश्वलाई तयार रहन भनेको छ

— इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २ सय डलर पुग्न सक्ने भन्दै विश्वलाई तयार रहन भनेको छ । नाकाबन्दी गरिएको खाडी क्षेत्रमा थप तीन वटा जहाजहरूमाथि आक्रमण भएपछि इरानले यस्तो बताएको हो । एक ब्यारेलमा करिब १५९ लिटर तेल समावेश हुन्छ ।

इरानले नै हर्मुज आसपासको समुद्री माइन (पानीमुनि बम) बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको छ । मंगलबार अमेरिकी आक्रमणमा परेर ध्वस्त भएकामध्ये १६ वटा जहाज माइन लेयर्स ( पानीमुनि बम बिछ्याउने काममा संलग्न) रहेको पश्चिम एसिया हेर्ने अमेरिकी सैनिकको दस्ता युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।

सोमबार झण्डै १२० डलर पुगेको तेलको मूल्य अहिले ९० डलरको आसपासमा कारोबार भइरहेको छ । मूल्यमा आएको गिरावटपछि लगानीकर्ताहरू ट्रम्पले युद्ध रोक्न र 'स्ट्रेट अफ हर्मुज' खुलाउन सक्षम हुनेमा आशावादी रहेको संकेत गरिएको छ । तर, सरकारहरू अझै पनि कडा कदम चाल्नेबारे छलफल गरिरहेका छन् । अहिलेसम्म युद्ध रोकिने कुनै संकेत देखिएको छैन भने 'स्ट्रेट अफ हर्मुज' साँघुरो जलमार्गबाट जहाजहरू सुरक्षित रूपमा चल्न सक्ने आधार छैन । यो जलमार्गबाट विश्वको पाँच भागको एक भाग तेल ओसारपसार हुन्छ । जुन इरान-इजरायल युद्धका कारण नाकाबन्दीको सिकार भएको छ ।

इरानका सैन्य कमान्डका प्रवक्ता इब्राहिम जोलफगारीले अमेरिकालाई सम्बोधन गर्दै भने,' तेलको मूल्य प्रतिब्यारेल २०० डलर हुनका लागि तयार हुनुस् । तेलको मूल्य क्षेत्रिय सुरक्षामा निर्भर हुने भए पनि अहिले अस्थिर छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...