— नेपाली राजनीतिमा चुनाव जित्नु भनेको शक्ति प्रदर्शनी, तामझाम र अबिर जात्राको उत्सव हो । तर, ०८२ को निर्वाचनमा म्याग्दीमा फरक दृश्य देखियो, जसले परम्परागत राजनीतिक शैलीमा बदलिदियो ।
महावीर पुन झन्डै तेब्बर मतान्तरले विजयी भएर प्रमाणपत्र बुझिसकेपछि समर्थकहरू विजयोत्सव मनाउन तम्सेका थिए । तर, नवनिर्वाचित सांसद पुनले उल्टै हप्काए । भने, ‘म उत्सव मनाउन हैन, काम गर्न आएको हुँ । विजय उत्सव मनाउँदा प्रतिस्पर्धीहरूको मनमा थप चोट पुर्याउँछ, जनताको पैसा र समय खेर जान्छ ।’
हालै सम्पन्न निर्वाचनमा महावीर पुनको चुनावी प्रचार गर्ने सादगी, कम खर्चिलो र लो-प्रोफाइल शैली अर्थपूर्ण देखियो । परम्परागत भन्दा नितान्त भिन्न र मौलिक चुनावी शैली अपनाएका महावीरको चुनाव प्रचारले अरू उम्मेदवारहरुलाई समेत नैतिक संकट दबाब सृजना गर्यो । उनीहरू पनि चुनावी सभा, शक्ति प्रदर्शनीको साटो सानो कोर टिममा मतदाताको घरदैलोमै सीमित बने ।
भोट पाउनका लागि पुनले मतदातासँग कुनै योजनाका बाचा गरेनन् । कुनै प्रतिबद्धता जनाएनन् । अरू उम्मेदवारको आलोचनामा समय खर्चेनन् बरु आफू किन उम्मेदवार बनेँ भन्ने कुरा राख्दै भने, ‘भोट भन्ने कुरा दबाबमा दिने कुरा हैन, मलाई मन परे भोट देऊ, मन नपरे आफूलाई मन पर्ने उम्मेदवारलाई भोट देऊ ।’
सम्बन्धित समाचार
अहिले नयाँ भन्नेहरू हाम्रै ‘लाइन’मा आएका छन्, यो हाम्रो ‘पोलिटिकल भिक्ट्री’ हो : उपेन्द्र यादव
विनय आजाद
फाल्गुन २७, २०८२
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर
कान्तिपुर संवाददाता
फाल्गुन २७, २०८२
२८ सय ९० उम्मेदवारको जमानत जफत, ३५० लाई शून्य मत
दुर्गा दुलाल
फाल्गुन २७, २०८२
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
निर्वाचनलाई नितान्त वैचारिक र स्वेच्छिक बनाउने महावीरको यो शैलीले राजनीतिलाई मर्यादित बनाउने, उम्मेदवारलाई आफ्ना योजनाहरू विनम्र भावमा मतदाताकै घरदैलोमा पुगेर संवाद गर्न पुगेपछि अन्य उम्मेदवारलाई पनि आफ्नो रणनीति बदल्न बाध्य पारेको थियो ।
पुनको चुनाव प्रचार शैलीबाट प्रभावित अन्य उम्मेदवारहरूले पनि खर्चिला र ठूला चुनावी सभालाई छोडेर सानो आकारका घरदैलो कार्यक्रम र टोल भेलामा सीमित गरे । फजुल खर्च, शक्ति प्रदर्शन र मतदाता प्रभावित गर्न ‘विशेष खर्च’ गर्ने संस्कृति निरुत्साहित गरेका पुन कुनै भड्किलो प्रचार नगरी, झण्डा र नाराबिना नै चुनावी मैदानमा उत्रेका महावीरलाई म्याग्दीका जनताले संसद्को यात्रा तय गराइदिए ।
सुशीला कार्की नेतृत्वको चुनावी सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले ल्याउन खोजेका केही शिक्षासम्बन्धी ऐन, नियमावलीहरू अनुमोदन गराउन नसकेपछि ‘झोंक’मा राजीनामा दिएर ‘नीति बनाउने ठाउँ संसद्मै नपुगी नहुने रहेछ’ भन्ने निष्कर्षसहित अन्तिम समयमा म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए ।
चुनाव जितेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा पुनले भने, ‘एक पटक काठमाडौं पुगेर फर्केपछि जनताको घरदैलोमा पुग्छु । योजनाहरू सांसदले केन्द्रबाट छनोट गर्ने होइन, स्थानीय सरकारले आवश्यकता महसुस गरेका योजनाहरू नै सांसदका योजना बन्नुपर्छ । म बजेट बाँड्ने भन्दा पनि स्थानीय सरकारका योजनालाई केन्द्रसम्म पुर्याउने र बजेट व्यवस्थापनमा सहजीकरण गर्छु । सबै दल र स्थानीय सरकारसँगै मिलेर काम गर्छु ।’
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
म्याग्दी निर्वचनमा महावीर पुनको ‘सरप्राइज इन्ट्री’ हुँदा जिल्लाको परम्परागत चुनावी अंकगणित पूरै खलबलिएन मात्र चुनावी प्रतिस्पर्धा पनि निकै रोचक रह्यो । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुँदा पुनले झन्डै तेब्बर मतान्तरले विजयी बने । चुनावमा पुनले २२ हजार ८ सय ५० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मतमा सीमित रहे ।
महावीरको सादगी र चप्पल पड्काउँदै हिँड्ने शैली उनको व्यक्तिगत पहिचान नै बनेको छ । म्याग्दीका मतदाताको अपेक्षा छ, संसद्को गरिमा र नियम सम्मान गर्दै उनको कार्यशैली भुइँमान्छेसँग जोडिएको र व्यावहारिक हुने छ ।चुनाव जितेपछि पनि महावीरको शैली फेरिएन । न विजय र्याली, न अबिर र मालाको भारी । विजय उत्सव मनाउन खोज्ने उल्टै महावीरले गाली गर्दा समर्थकहरू मौन बस्न बाध्य भए । पुनले निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि बेनीको वीरेन्द्रचोकमा भेला भएका समर्थकलाई सम्बोधन गर्दै भने, ‘म उत्सव मनाउन होइन, काम गर्न आएको हुँ, जनताको समय र पैसा र्यालीमा खेर फाल्नु हुँदैन’ भन्दै उनी सिधै आफ्नो कर्मथलोतिर लागे ।
पुनले चुनाव अघि र पछि पनि आफूलाई पद र हैसियतले परिवर्तन नगर्ने संकेत निर्वाचित भइसकेपछि पनि पोखराका सडकका बसेर आफ्नो आत्मकथाको पुस्तक बेच्न सुरु गरेर दिएका छन् ।
ads/1440x233px-dew-aston-0432026041034.png
संसद्मा अब महावीरको भूमिका केवल एउटा सांसदको मात्र हुने छैन । उनी ‘नलेज इकोनोमी’ र ‘इनोभेसन’ को वकालत गर्ने हुने ठानिएको छ । उनले संसद्मा बजेटको १ प्रतिशत अनुसन्धानमा खर्च गर्नु पर्ने पुरानो एजेन्डालाई प्रमुखताका साथ उठाउने बताएका छन् ।
त्रिमात्रिक होइन, धेरैको चासो सांसद बनेपछि अव आविष्कार केन्द्र र वीरगन्जको कृषि औजार कारखाना के होलान् ? महावीरका निकट सहयोगी तथा चुनावी कमान्डर चित्रबहादुर तिलिजा भन्छन्, ‘संसद् बैठकअघि पुन आविष्कार केन्द्र र वीरगन्जको कृषि कारखाना पुग्ने छन् । अवस्था बुझ्ने योजना छन् । र अब यी संस्था झन् बलिया हुने छन् । चन्दा र दानको भरमा चलेका संस्थाहरू अब सरकारी नीति र बजेटमा स्थानान्तरण प्रयास हुने छ ।’
महावीरको सादगी र चप्पल पड्काउँदै हिँड्ने शैली उनको व्यक्तिगत पहिचान नै बनेको छ । म्याग्दीका मतदाताको अपेक्षा छ, संसद्को गरिमा र नियम सम्मान गर्दै उनको कार्यशैली भुइँमान्छेसँग जोडिएको र व्यावहारिक हुने छ ।
२०११ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नागीमा जन्मेका महावीरको बाल्यकाल सुख-सुविधामा बितेन । बाबु भारतीय सेनामा भएपनि महावीरको समय बाजे मैते पुनसँगै जलजला र हम्पालका धुरीमा गोठ बस्दै बित्यो ।
ads/hardik-niskula-opd1440270-23220261237511-0432026041502.jpg
नागी गाउँमा भात खान दसैँ कुर्नुपर्थ्यो वा बेसीका गाउँलेसँग आलु साट्नु पर्थ्यो । अक्षर चिन्नका लागि न त कापी थियो, न त कलम । प्रारम्भिक शिक्षा काठको पाटीमा अँगारले लेखेर सुरु भयो । १३ वर्षको उमेरसम्म गोठमा बिताउँदा बाजे मैते पुनले सिकाएको उखान ‘चल तिग्री खा जिब्री’ नै जीवनको मूल दर्शन बन्यो ।’
नागी मगर बस्ती हो । आठ कक्षा पढ्न ६ घण्टा तल ‘क्षत्री’ बाहुल्य मल्लाज झरेपछि महावीरले पहिलो पटक जातीय र सांस्कृतिक विविधता नजिकबाट चिने । बाबु कृष्ण पुनले छोराछोरीको शिक्षाका लागि चितवन बसाई सरेपछि महावीरको जीवनमा नयाँ मोड लियो । २०२६ सालमा ९ दिनको पैदल यात्रा गरी उनको परिवार पुर्ख्यौली थलो छाडेर चितवनको वीरेन्द्रनगर सर्यो । हिउँ पर्ने उच्च पहाडी भूगोलबाट तराई झर्दा सबै कुरा नयाँ थिए, भाषा, संस्कृति र भूगोल । तर, तीक्ष्ण दिमागका महावीरले चैतमा भर्ना भएर जेठको परीक्षामा प्रथम नै पो भए ।
अमृत साइन्स क्याम्पस पढ्दा राजधानी काठमाडौंका सम्भ्रान्त वर्गका छोराछोरीको भीडमा पनि उनले आफ्नो जाँगे र चप्पलको पहिचान छाडेनन् । जाँगे लगाएर पढ्दा उनले सम्भ्रान्त वर्गको खिसीटिउरी सहे । ठमेलका हिप्पी र सहरका सुकिलामुकिला साथीहरूका बीचमा उनी आफ्नै संसारमा मस्त थिए ।
ads/laxmi-sunrise-6811-08220261134141-0432026041702.jpg
अमृत साइन्स क्याम्पस पढ्दाका सहपाठी मध्येका एक डा. सरोज धिताल महावीरलाई यसरी सम्झन्छन्, ‘हामी क्याम्पसमा आर्थिक रूपमा निम्न वर्गीय समूहका विद्यार्थी थियौं । जहाँ पोसाक र शैलीले नै विद्यार्थीको हैसियत तौलिन्थ्यो । तर, त्यही समूहमा अर्को एक विद्यार्थी थियो, जसको हुलिया र स्वभाव अरू भन्दा एक्स्ट्रा थियो, साधारण चप्पल र कालो जाँगे लगाउने त्यही पुड्के महावीर ।’
आईएससी गरेपछि चितवनमै १३ वर्ष लामो शिक्षण पेसा त्यागेर राजधानी काठमाडौं छिरेका पुनका केही वर्ष बागबजारका भट्टीहरूमा तोङ्बा र सुकुटीको स्वादमा बरालिएका थिए । खाडी मुलुकतिर जाने तरखर गरेका महावीरलाई पूर्व विद्यार्थीको भेटले अमेरिकन लाइब्रेरी पुर्याएको थियो । त्यहीँबाट छात्रवृत्ति पाएर अमेरिकाको नेब्रास्का विश्वविद्यालय पुगेका थिए । सन् १९९२ मा अमेरिकाको सुविधायुक्त जीवन त्यागेर उनी जन्मथलो नागी फर्केका थिए । गाउँ फर्केका महावीरले जापानी मानवशास्त्री प्रा.जिरो कावाकिताले नेपालमा ल्याएका केजे म्याथोड ‘स्थानीय सहभागिता’ दर्शनलाई आफ्नो ‘नागी मोडेल’मा मिसाएका थिए । रोमन म्यागासेसे पुरस्कार विजेता जिरो कावाकिताले जुन भूगोल (अन्नपूर्ण गाउँपालिका, ५–६ वडा) मा बसेर स्थानीयको जीवनस्तरमा सुधार ल्याउन भौतिक रोपवे बनाएका थिए । उनैको कावाकिताले विकास गरेको विकास मोडेल केजे म्याथोड अवलम्बन गरेका महावीरले पनि सोही भूगोलमा लामो दुरीको वायरलेस इन्टरनेट ‘डिजिटल रोपवे’ प्रविधि स्थापना गरे । पोखराबाट ४० किमि टाढा बादलमुनिका बस्तीमा इन्टरनेट पुर्याएबापत महावीरले सन् २००७ मा प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त भयो ।
ads/globalimebank4x3-08220261155441-0132026071742.jpg
ads/4000x3000-1-0132026071757.png
महावीर भन्छन्, ‘हो, मैले जिरो कावाकिताको विकास मोडेलको अनुसरण गरेको हुँ । तर, भौतिक रूपमा मैरो कावाकितासँग कहिल्यै भेट भएन । तर, दुवै जनाले रोमन म्यागासेसे पुरस्कार पाउनु संयोग हो ।’
महावीर पुनको जीवनले प्रस्ट सन्देश हो, अभावले मानिसलाई कमजोर बनाउँदैन, बरु सृजनशील बनाउँछ । पुरानो चप्पल र साधारण पहिरनले मानिसको व्यक्तित्वलाई लुकाउँदैन बरु उजिल्याउँछ ।