मुख्य समाचार
साउदी, कतार र कुवेतका नियमित उडान अझै अनिश्चित
साउदी, कतार र कुवेतका नियमित उडान अझै अनिश्चित

— संयुक्त अरब इमिरेट्स (यूएई)का गन्तव्यहरूमा उडान क्रमशः सहज बन्दै गए पनि साउदी अरब, कतार र कुवेतका नियमित उडान अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य हमलापछि खाडी क्षेत्रतर्फका केही उडान प्रभावित भएका थिए ।

अत्यधिक श्रमिक आवागमन हुने खाडी मुलुकतर्फ पछिल्ला आठ दिनमा ५ हजार ६८० यात्रु ओहोरदोहोर गरेका छन् । यी यात्रुहरू मुख्यतः यूएईका दुबई र शारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं हुँदै आएका–गएका उडानका यात्रु हुन् ।

विमानस्थलका अनुसार फागुन २० देखि २७ गतेसम्म एयर अरेबिया, फ्लाई दुबई र हिमालय एयरलाइन्सले सञ्चालन गरेका दुईतर्फी ४३ उडानमार्फत ३ हजार ६५२ यात्रु नेपाल आएका छन् भने २ हजार २८ यात्रु यूएईतर्फ प्रस्थान गरेका छन् ।

काठमाडौं विमानस्थलले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक सातामा नेपाल र प्रमुख खाडी गन्तव्यहरूबीच यात्रु आवागमन स्थिर देखिएको छ । यस अवधिमा कार्गो ढुवानी पनि भएको छ । विमानस्थलका अनुसार ८ सय ३२ किलोग्राम कार्गो नेपाल भित्रिएको छ भने ६ हजार ९ सय २१ किलोग्राम कार्गो निर्यात भएको छ ।

खाडी क्षेत्रको रुटका अधिकांश उडान फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले सञ्चालन गरेका हुन् । विमानस्थलका अनुसार नियमित तालिकाअनुसार भएका यी उडानहरूले दुवै देशमा रोकिएका यात्रुलाई प्राथमिकताका आधारमा सेवा दिएका थिए ।

नेपालबाट वैदेशिक रोजगारी, व्यावसायिक यात्रा तथा पारिवारिक भ्रमणका कारण गल्फ गन्तव्यहरू अत्यन्त महत्त्वपूर्ण मानिन्छन् । तर, फागुन १६ मा इरानमा भएको हमलापछि कतार, साउदी अरब र कुवेततर्फका केही नियमित उडान अझै सञ्चालनमा आउन सकेका छैनन् ।

श्रम आप्रवासनका लागि नेपाल र खाडी क्षेत्रबीचको हवाई सम्पर्क अत्यन्त महत्त्वपूर्ण मानिन्छ । संयुक्त अरब इमिरेट्स लगायतका खाडी मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा दैनिक करिब ९० अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरेका छन् । सामान्य अवस्थामा खाडी मुलुकबाट मात्रै दुईतर्फी करिब २६ उडान दैनिक हुने गरेको विमानस्थलले जनाएको छ ।

हवाई अक्रामणपछि खाडी क्षेत्रका कतारसहित नौवटा देशले आफ्ना आकाशमा गैरसैनिक उडान रोक्दा कतार एयरवेजका दुईटा वाइडबडी विमान फागुन १६ पछि काठमाडौंमै रोकिए । तीमध्ये एउटा वाइडबडी विमानमा ३ सय यात्रु राखेर कतारले सोमबार एउटा जहाजलाई कतार नपठाई सिधैं काठमाडौंबाट लण्डन पठाइसक्यो ।

हाल कतारले निश्चित संख्यामा केही मुलुकहरुमा उडान खुला गरिसकेको छ । तर, नेपालमा अझै नियमित उडान हुने मिति सार्वजनिक गरीसकेको छैन । त्यसैगरी नेपाल वायुसेवा निगम र हिमाल एयरलायन्सले पनि युद्धसम्बन्धी बिमा गरेर रोकिएका यात्रुहरुका लागि दुबईमा उडान खोलेका छन् । तर, नियमित हुन अझै समय लाग्ने वायुसेवाका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...