मुख्य समाचार
दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने
दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने

बागलुङ —

ढोरपाटन क्षेत्रमा दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने भएको छ ।

उमेर समूहअनुसार जन्मेको १५ महिनाभित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने प्रावधान छ । तर, यहाँका बालबालिकाले समयमा खोप लगाएको हो वा होइन भन्ने यकिन नभएको र विविध कारणले गाउँमै संक्रमण फैलिएपछि खोप लगाइने भएको कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहाँ दादुराविरुद्धको खोप लगाउन सहयोग गर्ने भएको छ । नगरभित्रका १० देखि २० वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीमा दादुराको प्रकोप देखिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिकाभित्रका धेरै बालबालिकालाई दादुरा लागेको पुष्टि भएको थियो ।

उपचारपछि घर फर्केका बाहेक अझै यहाँ ५६ जना बालबालिकामा दादुरा संक्रमण बाँकी छ । उनीहरू उपचाररत छन् । उनीहरूलाई धौलागिरि अस्पतालबाट गएका चिकित्सक र स्वास्थ्यकर्मी तथा बुर्तिवाङ अस्पतालका स्वास्थ्यकर्मीले पनि आइसोलेसनमा राखेर उपचार गराएका छन् । यहाँ विश्व स्वास्थ्य संगठनको टोलीसमेत आएर अनुसन्धान गरिरहेको छ ।

गौतमका अनुसार एक जना संक्रमितले १८ जनासम्मलाई दादुरा सार्न सक्ने भएकाले आइसोलेसनमा राखेर उपचार गर्नुपरेको हो । कार्यालयका प्रमुख शर्माले पनि यो रोग निवारणका लागि सक्दो प्रयास भइरहेको बताए । ‘संक्रमण बढ्न नदिने, रोग लागेकाहरूलाई आइसोलेसनमा राखेर उपचार गर्ने र खोप लगाएर रोग निर्मूल पार्ने काम गरिँदैछ,’ शर्माले भने, ‘यस वर्षभित्रै दादुरा रुवेला रोग निर्मूल पार्ने अभियान संचालन भैरहेको छ ।’ अभियानकै क्रममा रोग देखिएकाले उपचार र निवारण अभियानमा थप अध्ययन र अनुसन्धान गर्दै उपचारसमेत गर्न सकिने उनले बताए ।

गण्डकी प्रदेश सरकारले आइसोलेसनका लागि बेड र उपकरण तथा औषधि समेत पठाएपछि बुर्तिवाङ अस्पताल र गाउँमा पनि बिरामीको उपचार सम्भव भएको हो । अझै १४ जना बिरामीको परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । दादुरा संक्रमण बढेकै कारण ढोरपाटन नगरपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरेर खोप लगाउने तालिका बनाएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले बताए ।

कक्षा ६ देखि १२ मा पढ्ने ३ हजार ६ सय ८९ जना, त्यसभन्दा माथि १६ देखि १९ वर्ष समूहका र विद्यालय बीचैमा छाडेकाहरूलाई पनि खोजी गरी खोप लगाउने लक्ष्यले ७ हजार खोप मगाइएको उनले बताए । ‘खोपको तयारी गर्न शुक्रबारसम्म विद्यालय बिदा गरियो, शुक्रबार खोप लगाउन बालबालिका विद्यालय ल्याउन अभिभावकलाई सूचना पठाएका छौं,’ शर्माले भने, ‘अहिले पनि दैनिक ३ देखि ४ जना बिरामी थपिइरहेका छन्, त्यसैले उपचारलाई प्रभावकारी नबनाई कक्षा संचालन संभव छैन ।’ आउने शनिबार र आइतबार पनि समुदायमा छुटेका बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मीहरू घरघरै जानेछन् । उनका अनुसार बुधबार पनि २ जना नयाँ बिरामी थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम