मुख्य समाचार
हर्मुज जलघाँटी हुँदै भारततर्फ आइरहेको थाइल्यान्डको पानीजहाजमा आक्रमण
हर्मुज जलघाँटी हुँदै भारततर्फ आइरहेको थाइल्यान्डको पानीजहाजमा आक्रमण

— हर्मुज जलघाँटी हुँदै भारततर्फ आइरहेको थाइल्यान्डको पानीजहाजमा आक्रमण भएको छ । युएइको खलिफा बन्दरगाहबाट यो जहाज छुटेको थियो । यसमा सवार २० जना चालक दलका सदस्यलाई ओमानको जलसेनाले उद्धार गरेको छ ।

जहाजलाई ओमानको बन्दरगाहमा ल्याएर राखिएको छ । यसअघि बुधबारै जापानको झन्डा बोकेको जहाज पनि हर्मुज क्षेत्रमै आक्रमणमा परेका थियो । जहाजमा सवार कसैलाई पनि चोट नलागेको र यसमा कुनै क्षति नपुगेको जापानी कम्पनीले जनाएको छ ।

त्यस्तै दुबईबाट झन्डै ५० माइल्स पर उत्तरपश्चिममा एउटा जहाजमा आक्रमण भयो । यी तीनवटै जहाजमा क्षेप्यास्त्र प्रहार भएको थियो । तर आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

यसअघि इरानले हर्मुजको घाँटी हुँदै यात्रा गर्ने अमेरिका—इजरायल र उनीहरुका सहयोगी देशका जहाजलाई निशाना बनाइने बताएको थियो । ‘अमेरिका, यहूदी सत्ता वा उनीहरुका घृणित सहयोगीका जहाज निशाना पर्नेछन्,’ इरानी सेनाको केन्द्रीय कमाण्डदले भनेको थियो । हर्मुजको घाँटीबाट एक लिटर तेल पनि बाहिर जान नदिने दाबी सेनाले दोहोर्याएको थियो ।

यसैबीच, इरानले हर्मुजको जलघाँटी आसपास समुद्री माइन (पानीमुनी बम) बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको छ । मंगलबार अमेरिकी आक्रमणमा परेर ध्वस्त भएकामध्ये १६ वटा जहाज माइन लेयर्स ( पानीमुनी बम बिछ्याउने काममा संलग्न ) रहेको पश्चिम एशिया हेर्ने अमेरिकी सैनिकको दस्ता युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।

यसअघि मंगलबारै सामाजिक सञ्जाल ट्रुथ सोशलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बम राख्न खोजिए त्यसलाई तत्कालै हटाइने बताएका थिए ।

हर्मुजको जलघाँटीमा अवरोध गर्न खोजिए इरानमा २० गुणाले आक्रमण बढाउने चेतावनी उनले सोमबार दिएका थिए । यस जलघाँटी हुँदै विश्वको झन्डै २० प्रतिशत कच्चा तेल र प्राकृतिक ग्याँस मध्यपूर्वबाट बाहिरिने गरेको थियो ।

युद्ध सुरु हुनअघिसम्म साउदी अरेबिया, इराक, युएई, कुवेत, कतार र बहराइनले आफ्नो तेल र ग्याँसको ठूलो हर्मुज हुँदै विश्वबजारमा पठाउने गरेका थिए ।

‘बम राख्ने काम अहिलेसम्म बिस्तृतमा भएको छैन । पछिल्ला केही दिन केही दर्जन ठाउँमा मात्रै बिछ्याइएको छ । तर, अहिले पनि यस क्षेत्रमा ८० देखि ९० प्रतिशत साना डुंगा तथा जहाजहरु इरानका छन्,’ स्रोतलाई उद्रृत गर्दै सीएनएनले लेखेको छ,‘ त्यहीकारण यस दस्ताले सयौं बमहरु पानीमुनी राख्नसक्छ ।’

इरानको परम्परागत जलसेना र अर्धसैन्य दस्ता इस्लामिक रिभोलुशनरी गार्ड्स कप्र्सले अहिले हर्मुजको घाँटीमा नियन्त्रण कायम गरिरहेका छन् ।

उनीहरुले यहाँ हुँदै आउने जहाजलाई आक्रमण गरिने बताएका छन् । हर्मुज जलघाँटी बन्द हुँदा विश्वबजारमा इन्धनको संकट देखिएको छ । जसकारण, इन्धन कारोबारमा उतारचढाव भएको छ ।

दक्षिण एशियाली देशमा खाना पकाउने ग्याँस र इन्धनको अभाव देखिएको छ । भारतको मुम्बई, बैंगलुरु, दिल्ली, गोआ, पञ्जाबलगायत क्षेत्रमा होटल तथा पर्यटन क्षेत्र ठप्पजस्तै बनेको छ ।

पश्चिम एशियाबाट तेल आपुर्ति ठप्प भएपछि भारतले फेरि रुसबाटै तेल ल्याउने भएको छ । यसअघि भारतलाई रुसी तेल खरिद नगर्न दबाब दिइरहेको अमेरिकाले मध्यपूर्व संकट कायम रहदाँसम्म रुसबाट तेल किन्न छुट दिएको हो ।

युएई र साउदीको तेलमा अत्यधिक निर्भर रहेको पाकिस्तानले ग्याँस र तेल दुबैको संकट व्यहोरिरहेको छ । यहाँ पेट्रोल र डिजेलको मुल्य ५५ पाकिस्तानी रुपैयाँले बढेको छ । मानिसहरुले तेल महँगो तेल हाल्नका लागि पनि ठूलो लाइन बस्नुपरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले सोमबार इन्धनको प्रयोग कम गर्न विभिन्न उपायहरू अबलम्बन गर्नेे घोषणा गरेका छन् । जसमा विद्यालय बिदा, सरकारी कर्मचारीहरुको दैनिक कार्यघण्टा कटौतीलगायत पर्छ ।

पाकिस्तानभरका प्राथमिक तथा माध्यमिक विद्यालयहरू आगामी सोमबारदेखि दुई हप्ताका लागि बिदा हुने कार्यक्रम छ । सरकारले कलेज र विश्वविद्यालयहरू अनलाइनमार्फत सञ्चालन गरिने जनाएको छ ।

बैंक र अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालयहरू हप्तामा चार दिनमात्रै सञ्चालन हुनेछ । आधा कर्मचारीले घरबाटै काम गर्नेछन् । रेडियो पाकिस्तानका अनुसार एम्बुलेन्स र सार्वजनिक बसबाहेक अन्य सरकारी सवारी साधनले पहिलेभन्दा आधामात्रै तेल भर्न पाउनेछन् ।

यो नियम दुई महिनाका लागि लागु हुनेछ । क्याबिनेट मन्त्री र सल्लाहकारहरूले आफ्नो तलब र भत्ता त्याग्ने पनि प्रधानमन्त्री शरीफले बताएका छन् । जुन २०२६ अघि नयाँ सवारी साधन खरिद गर्न पनि रोक लगाइएको छ ।

बंगलादेशमा पनि विश्वविद्यालय र स्कुलहरुमा लामो बिदा दिइएको छ । इन्धन सुरक्षाका लागि यस्तो निर्णय गरिएको सरकारले जनाएको छ । बंगलादेशमा झन्डै ९५ प्रतिशत तेल तथा ग्याँस विदेशबाट आउँछ । यहाँ बिजुलीको पनि संकट छ । जनतालाई बिजुली तथा इन्धनको खपत किफायती ढंगले गर्न आग्रह गरिएको छ ।

इरानमा ठूलो आक्रमण

मंगलबार बेलुकी इरानमा युद्ध सुरु भएयताकै भीषण आक्रमण भएको छ । अमेरिका–इजरायलले ठूलो संख्यामा लडाकु विमान तैनाथ गरेका थिए । स्थानीयले जमिन हल्लिनेगरी धम्का महसुस गरिएको बताएका छन् ।

लगातारको बिस्फोटले आतंकित भएको सर्वसाधारणले बताएका छन् । इश्फाहान, कराजलगायत शहरमा पनि निशाना साँधिएको छ ।

अलजजिराले पश्चिम तेहरानका बासिन्दाहरुलाई उद्रृत गर्दै मंगलबार रातिको भयावह अवस्थाबारे लेखेको छ, ‘पहिलो १५ मिनेटजति त दर्जनौं लडाकु विमानहरू सिधै टाउकोमाथि उडिरहेका जस्तो लाग्यो, केही मिनेट शान्त भयो । फेरि नयाँ चरणको प्रहार सुरु हुन्थ्यो ।’

नाम नछाप्ने शर्तमा एक स्थानीयबासीले भनेका छन्, ‘जमिन, सिसा र हाम्रो मुटु समेत काँपिरहेको थियो । तर हामी बाथरुमभित्र आश्रय लिएर त्यहीँ बसेर रात पार गर्यौं ।’

केही स्थानीयले घरको छत र बार्दनीमा उभिएर आक्रमणको दृश्य पनि खिचेका छन् । अनलाइनमा सार्वजनिक भएका भिडियोहरूमा रातको समय निलो चम्किलो प्रकाश देखिएको छ, विद्युत उत्पादन पूर्वाधारमा क्षति पुग्दा यस्तो भएको अनुमान लगाइएको छ ।

युद्ध सुरु भएयता अमेरिका–इजरायलले आफ्नो देशका सर्वसाधारण बस्ने १० हजारभन्दा धेरै इलाकामा आक्रमण भएको आरोप लगाएको छ ।

इरानमा विद्यालय, अस्पताल, विद्युत केन्द्र, आवास गृहलगायत क्षेत्र बमले क्षतिग्रस्त भएका छन् । १२ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । इजरायलले दक्षिण लेबनानको बेरुतमा पनि आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम