मुख्य समाचार
प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दामा सुनुवाइ जारी
प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दामा सुनुवाइ जारी

: तत्कालीन नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ। न्यायाधीश सपना मल्ल प्रधान,सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ भइरहेको हो। यसअघि माघ २२ गते उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।


माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।


विष्टले सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै मुद्दा दिएका थिए। रिटमा माओवादीका अध्यक्ष प्रचण्ड,पूर्वप्रधानमन्त्री भट्टराईसमेतलाई विपक्षी बनाइएको छ।



तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण,क्षतिपूर्ति,न्यायलगायतका काम कारबाही तत्काल गर्नू गराउनू भनेर अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले जेठ १६ गते दरपिठ गरेको थियो। दरपिठविरुद्ध जेठ १८ गते दिइएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। उक्त आदेशपछि विष्टले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बिहिवार दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
— बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ । सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी ...
: इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम