मुख्य समाचार
संखुवासभाबाट १ हजार ३४ निर्वाचन प्रहरीको बिदाइ
संखुवासभाबाट १ हजार ३४ निर्वाचन प्रहरीको बिदाइ

संखुवासभा —

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका १ हजार ३४ निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले सामूहिक रूपमा बिदाइ गरेको छ। शान्ति सुरक्षा व्यवस्थापनका लागि अस्थायी रूपमा भर्ना गरिएका उनीहरूलाई बिहीबार प्रमाणपत्रसहित बिदाइ गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन उनीहरूलाई माघ १८ गतेदेखि अस्थायी रूपमा भर्ना गरिएको थियो। निर्वाचन अवधिभर मतदान केन्द्र तथा आसपासका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न निर्वाचन प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

जिल्ला प्रहरीका डीएसपी कुमारप्रसाद मैनालीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनुमा निर्वाचन प्रहरीको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले निर्वाचन प्रहरीले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्दै सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाएको उल्लेख गरे। 'यहाँ सिकेका ज्ञान, सीप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक प्रभाव पार्नेछ,' उनले भने।

निर्वाचन प्रहरी अनिषा जयरुले सुरक्षा बलको तालिमले मिहिनेत, अनुशासन, परिश्रम तथा समय व्यवस्थापनजस्ता महत्त्वपूर्ण सीप सिक्न सहयोग पुगेको बताइन्। उनका अनुसार तालिमका क्रममा सिकेका अनुभव र सीप भविष्यमा दैनिक जीवन तथा अन्य कार्यक्षेत्रमा पनि उपयोगी हुनेछन्।

डीएसपी मैनालीले निर्वाचन अवधिभर इमान्दारीपूर्वक सेवा प्रदान गर्ने सबै निर्वाचन प्रहरीको प्रशंसा गर्दै उनीहरूको योगदानको कदर हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बिहिवार दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
— बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ । सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी ...
: इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम