मुख्य समाचार
अदालतबाट कैद र जरिबानाको फैसला सुनाइएका एक जना फरार प्रतिवादी २ वर्षपछि पक्राउ
अदालतबाट कैद र जरिबानाको फैसला सुनाइएका एक जना फरार प्रतिवादी २ वर्षपछि पक्राउ

: अदालतबाट कैद र जरिबानाको फैसला सुनाइएका एक जना फरार प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५ वर्ष कैद र ४४ लाख ६२ हजार रुपैयाँभन्दा बढी जरिबानाको फैसला सुनाइएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रतुवामाई नगरपालिका–५ का ४० वर्षीय साजाहक मियाँ बिहीबार दिउँसो पक्राउ परेका हुन्।


इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा दिउँसो २:४५ बजेतिर मियाँलाई पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत मोरङले २०८० चैत ७ गते मियाँलाई ५ वर्ष कैद र ४४ लाख ६२ हजार ४ सय रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो। अदालतले दोषी ठहर गरे पनि कैद सजाय र जरिबाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेका मियाँलाई पक्राउ गरिएका मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए।


त्यस्तै, चोरी मुद्दाका अर्का प्रतिवादी पनि पक्राउ परेका छन्। चोरी मुद्दामा ४ दिन कैद र १ हजार रुपैयाँ जरिबानाको फैसला भएका रतुवामाई–५ का २४ वर्षीय अजय कटवाल पक्राउ परेका हुन्। अदालतले कटवाललाई २०७९ साल मंसिर १४ गते दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरेको थियो।



पक्राउ परेका दुवै जनालाई अदालतमा पेस गरिने जानकारी डीएसपी लामिछानेले दिए। प्रहरीले पेस गरेपछि अदालतले उनीहरुलाई सजाय भुक्तानका लागि कारागार चलान गर्नेछ। जरिबाना बापतको रकम असुल गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बिहिवार दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
— बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ । सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी ...
: इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम