: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो ।
सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक बीरेन्द्र बीर बिश्वकर्माले बिदाइ गरेका थिए ।
nullनिर्वाचन प्रहरीमा पुर्व प्रहरी, पूर्व सेना तथा पूर्व लडाकु समेत थिए । अधिकांश जेनजी रोल्पाली निर्वाचन प्रहरी सामेल भएका थिए । अरेश कुटपिट घटना बाहेक जिल्लामा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जनाए ।