मुख्य समाचार
जीप र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
जीप र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

: कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बिहिवार दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रहरीका अनुसार महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको बताए ।


मोटरसाइकल सवार चालक र सवारको मृत्यु भएपनि पहिचान खुल्न सकेको छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
— बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ । सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी ...
: इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ...
: बोक्सीको आरोप लगाएर महिलालाई अगुल्टो प्रहार गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-१ उप्टाहा बस्ने ५१ वर्षीय हुम कुमार झेडी मगर र उनकी छोरी २१ वर्षीय खगिसरा झेडी मगर रहेका छन्। आमा छोरीले स्थानीय ५७ वर्षीय महिलालाई बोक्सीको आरोप लगाई आगोको अगुल्टोले शरीरको विभिन्न भागमा प्रहार गरेको आरोपमा पक्राउ गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम