मुख्य समाचार
सुर्खेतको वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको शव ६ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा
सुर्खेतको वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको शव ६ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा

: सुर्खेतको वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको शव ६ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा छ । इनिसा फागुन २३ गते शनिबार बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । उनी वीरेन्द्रनगरस्थित उषा बालबाटिका माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । बिहान ८ बजेभित्रै घर फर्किने छोरी ९ बजेसम्मपनि घर नफर्किएपछि उनकी आमा तिलाले फोन गर्दा फोन स्वीचअफ थियो । केहि समयपछि उनलाई फोन आयो र भनियो, ‘तपाईँकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्, छिटो आउनुपर्‍यो ।’ घटनास्थलमा पुग्दा इनिसा बेहोस अवस्थामा थिइन् । घटनास्थलमा पुगेका अन्य व्यक्तिहरूले इनिसालाई कर्णाली प्रदेश अस्पताल पुर्‍याए । लगत्तै अस्पतालका चिकित्सकले इनिसालाई मृत घोषणा गरेका थिए ।

परिवार भन्छन्, न्याय नपाएसम्म शव बुझ्दैनौ ।


निष्पक्ष छानविनको मागसहित परिवारदेखि अधिकारकर्मीसम्म आन्दोलित ।
घटनाको थप अनुसन्धान गर्न सिआइबीको विशेषज्ञ टोली सुर्खेतमा ।
इनिसाको शव कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । पोस्टमार्टम भइसकेको छ । परिवारले दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने बताएको छ । इनिसाको मामा नाता पर्ने शिव विकले अन्नपूर्णसँग कुरा गर्दै भने ‘भान्जीको बलात्कारपछि क्रुर तरिकाले हत्या भएको छ, हामी न्याय पर्खिईरहेका छौँ, न्याय नपाएसँग हामी शव बुझ्दैनौँ ।’ रोजगारीको शिलसिलामा दुबईमा रहेका इनिसामा बुबा इन्द्रबहादुर बुधबार साँझ सुर्खेत आईपुगेका छन् । उनी छोरीको हत्या भएको खबर पाएपछि दुबईबाट भारत हुँदै घर पुगेका हुन् । ‘छोरीलाई जंगलमा लिएर हत्या गरिएको छ, छोरीको हत्यामा संलग्नमाथी कानूनी कारबाही नभएपछि हामी शव बुझ्दैनौँ,’ उनले भने । उनले छोरी इनिसाको योजनाबद्ध रुपमा बलात्कारपछि हत्या गरिएको बताए । उनले विद्यालयको पनि लापर्बाही देखिएको बताए । ‘छोरीको पढाई निकै राम्रो थियो, छोरीको भविष्य बनाउन म विदेशीभूमिका पुगेको थिएँ,’ उनले भने ।

उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सुर्खेतमा परिवार तथा अधिकारकर्मी, कोहलपुर, राजधानी काठमाडौंमा प्रर्दशन भईरहेको छ । इनिसा मृत्यु प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन दवावमूलक आन्दोलनमा उत्रिएकी सुनिता बादीले १६ वर्षिया बालिकाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने बताइन् । ‘अहिलेसम्म न्याय पाउनेमा आशावादी छौँ, कुनै पनि वाहानामा घटनालाई तोडमोड गरि दोषिलाई उन्मुक्ती दिने प्रयास गरियो भने सशक्त आन्दोलन हुन्छ,’ उनले अन्नपूर्णसँग भनिन् ।

सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिर राज शाहीले प्रहरीले घटनाबारे अनुसन्धान चलिरहेको बताए । ‘हामीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौँ,’ उनले भने । उनका अनुसार घटनाको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेषज्ञ टोली सुर्खेत आइपुगेको छ । सुर्खेत प्रहरीले प्रारम्भिक अनुसन्धानको अधिकांश काम सम्पन्न गर्नुका साथै घटनाको वैज्ञानिक तथा प्राविधिक पक्षलाई थप विश्लेषण गर्न सिआईबीको सहयोग लिएको प्रहरी उपरीक्षक शाहीले बताए । ‘हामीले पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेका छौँ, मोबाइल फोन लगायतका विद्युतीय सामग्रीहरू फरेन्सिक परीक्षणका लागि पठाएका छौँ,’ उनले भने । केन्द्रिय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको र त्यहाँबाट रिपोर्टहरू प्राप्त भएपछि घटनाको अन्तिम निष्कर्षमा पुग्ने शाहीको भनाई छ । घटनाको अनुसन्धानलाई थप विश्वसनीय बनाउन नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ । ‘पोलिग्राफी परीक्षणले बयान दिने व्यक्तिले सत्य बोलेको हो कि होइन भन्ने पहिचान गर्न सहयोग गर्नेछ,’ उनले भने ।

इनिसाको मृत्यु घटनापछि परिवारले सामुहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएका थिए । उक्त घटनामा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ । यो घटनामा देशभरका अधिकारकर्मीहरुले तथा मानव अधिकारकर्मीहरुले चासो देखाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयले घटनाको अनुसन्धानलाई अनुगमन गरिरहेको छ । आयोगको प्रदेश कार्यालयका मानव अधिकार अधिकृत मानबहादुर कार्की भन्छन् ‘प्रहरीले यो घटनामा अनुसन्धान गरिरहेको छ, हामीले पनि प्रहरीको अनुसन्धानलाई अनुगमन गरिरहेका छौँ, घटनामा संलग्न व्यक्तिले उन्मुक्ती पाउने अवस्था आउँदैन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो। नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही ...
: चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा डिभिजन वन कार्यालयले भत्काएको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ का कारण सरकारी कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर छाप्रा निर्माण गरी वन अतिक्रमण गरेकोमा कार्यालयले आफ्नो वन क्षेत्रको जमिन खाली गराउन घर, टहरा हटाउने अभियान थालेको प्रमुख हेमन्त साहले ...
: उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन परिणाम घोषणा भइसकेपछि सार्वजनिक भएको विवरणले राजनीतिक तथा आर्थिक पृष्ठभूमि सम्बन्धी विवादलाई सतहमा ल्याएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा ...
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन
: विश्वव्यापी ऊर्जा संकट र आन्तरिक बजारमा देखिएको उच्च मागलाई सम्बोधन गर्न नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा नयाँ व्यवस्था लागू गरेको छ। निगमले आगामी फागुन २९ गतेदेखि लागू हुने गरी देशभर आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको हो। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम