मुख्य समाचार
इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एउटा इन्धनवाहक विमान दुर्घटनाग्रस्त
इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एउटा इन्धनवाहक विमान दुर्घटनाग्रस्त

: इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एउटा इन्धनवाहक विमान दुर्घटनाग्रस्त भएको छ। इरानविरूद्ध अमेरिका-इजरायलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी-१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो।


अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो दुर्घटना कुनै बाह्य शत्रुको आक्रमण वा 'फ्रेन्डली फायर' (आफ्नै सेनाको प्रहार) का कारण नभएको स्पष्ट पारिएको छ।


इरान विरुद्धको अमेरिकी सैन्य अभियान 'अपरेशन एपिक फ्युरी' अन्तर्गत उडान भरिरहेका दुई विमानमध्ये एउटा दुर्घटनामा परेको हो। दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जनाएको छ। दुर्घटना मित्रवत वायुक्षेत्रमा भएकाले तत्कालै उद्धार कार्य सुरु गरिएको थियो।



सीएनएनले उल्लेख गरेअनुसार दुर्घटनाग्रस्त विमानमा कम्तीमा ५ जना चालक दलका सदस्यहरू सवार रहेको बताइएकाे छ । उनीहरूको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। पेन्टागनले पीडित परिवारहरूलाई जानकारी दिन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गरेको छ।

दुर्घटनामा परेको केसी-१३५ विमान मुख्यतया आकाशमै रहेका अन्य लडाकु विमानहरूमा इन्धन भर्नका लागि प्रयोग गरिन्छ। यस्तो विमानमा सामान्यतया पाइलट, सह-पायलट र बुम अपरेटर (इन्धन भर्ने प्राविधिक) सहित ३ देखि ४ जनाको टोली हुने भए पनि यस मिसनमा ५ जना सवार रहेको बताइएको छ।

यसअघि गत हप्ता मात्र कुवेतको आकाशमा 'मिसटेक फ्रेन्डली फायर' का कारण तीनवटा अमेरिकी एफ-१५ लडाकु विमानहरू खसेका थिए। यद्यपि, उक्त घटनामा सबै ६ जना चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। अहिलेको घटनालाई लिएर थप अनुसन्धान भइरहेको सेन्ट्रल कमाण्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...