मुख्य समाचार
इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एउटा इन्धनवाहक विमान दुर्घटनाग्रस्त
इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एउटा इन्धनवाहक विमान दुर्घटनाग्रस्त

: इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एउटा इन्धनवाहक विमान दुर्घटनाग्रस्त भएको छ। इरानविरूद्ध अमेरिका-इजरायलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी-१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो।


अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो दुर्घटना कुनै बाह्य शत्रुको आक्रमण वा 'फ्रेन्डली फायर' (आफ्नै सेनाको प्रहार) का कारण नभएको स्पष्ट पारिएको छ।


इरान विरुद्धको अमेरिकी सैन्य अभियान 'अपरेशन एपिक फ्युरी' अन्तर्गत उडान भरिरहेका दुई विमानमध्ये एउटा दुर्घटनामा परेको हो। दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जनाएको छ। दुर्घटना मित्रवत वायुक्षेत्रमा भएकाले तत्कालै उद्धार कार्य सुरु गरिएको थियो।



सीएनएनले उल्लेख गरेअनुसार दुर्घटनाग्रस्त विमानमा कम्तीमा ५ जना चालक दलका सदस्यहरू सवार रहेको बताइएकाे छ । उनीहरूको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। पेन्टागनले पीडित परिवारहरूलाई जानकारी दिन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गरेको छ।

दुर्घटनामा परेको केसी-१३५ विमान मुख्यतया आकाशमै रहेका अन्य लडाकु विमानहरूमा इन्धन भर्नका लागि प्रयोग गरिन्छ। यस्तो विमानमा सामान्यतया पाइलट, सह-पायलट र बुम अपरेटर (इन्धन भर्ने प्राविधिक) सहित ३ देखि ४ जनाको टोली हुने भए पनि यस मिसनमा ५ जना सवार रहेको बताइएको छ।

यसअघि गत हप्ता मात्र कुवेतको आकाशमा 'मिसटेक फ्रेन्डली फायर' का कारण तीनवटा अमेरिकी एफ-१५ लडाकु विमानहरू खसेका थिए। यद्यपि, उक्त घटनामा सबै ६ जना चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। अहिलेको घटनालाई लिएर थप अनुसन्धान भइरहेको सेन्ट्रल कमाण्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम