मुख्य समाचार
नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको सार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न निगमभित्रै समिति गठन
नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको सार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न निगमभित्रै समिति गठन

: नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको सार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न निगमभित्रै समिति गठन गरेको छ। निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिले उक्त दिनको घटनाक्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।



स्रोतका अनुसार हङकङमै ग्राउन्डेड गर्नुपर्ने जहाज यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाका दृष्टिले गम्भीर रूपमा हेरिएको छ। घटनाको वस्तुस्थिति अध्ययन गरी आवश्यक सुझाव दिन समितिलाई जिम्मेवारी दिइएको छ। निगमको अपरेसन विभागले फागुन २६ गते मंगलबार हङकङ उडानमा संलग्न ककपिट क्रुलाई तत्काल लागू हुने गरी उडानबाट रोक लगाउने सम्बन्धमा पत्र पठाएको छ। उडान सञ्चालन विभागका उपनिर्देशकलाई उडान ढिलो हुनुको कारण तथा सो क्रममा भएको घटनाबारे विस्तृत लिखित प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।


सम्बन्धित क्रु सदस्यहरूले आफ्नो लिखित रिपोर्ट बुझाएपछि हस्ताक्षर गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा भेट्नुपर्ने पनि पत्रमा उल्लेख छ। छानबिन समितिको प्रतिवेदन आएपछि घटनाको समीक्षा गरी आवश्यक कारबाही अघि बढाइने निगम व्यवस्थापनले जनाएको छ।

यसैबीच, चट्याङ लागेर क्षति पुगेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बिहीबार मलेसिया पठाउने तयारी स्थगित भएको छ। मर्मतका लागि जहाज मलेसिया लैजाने तयारी भए पनि एयरबस कम्पनीबाट आवश्यक स्वीकृति सहितको निर्देशन नआएकाले उडान रोकिएको निगम स्रोतले जनाएको छ। ‘एयरबसबाट मर्मतका लागि लैजानुपर्ने औपचारिक मेल आएपछि मात्र जहाज मलेसिया पठाइनेछ।

त्यसपछि यात्रु नबोकी मर्मतका लागि विशेष उडान गरेर जहाज लगिनेछ,’ स्रोतले अन्नपूर्णसँग भन्यो। चट्याङका कारण न्यारोबडी जहाज नाइन–एन–एकेएक्स को एउटा शार्कलेटमा क्षति पुगेको हो। फागुन १२ गते काठमाडौंबाट हङकङका लागि उडेको उक्त जहाज धावनमार्गबाट उडेपछि करिब १५ माइल पर बनेपामाथिको आकाशमा पुगेका बेला चट्याङ परेको थियो। त्यसपछि जहाजले करिब ४ घण्टाको उडान पूरा गर्दै हङकङमा सुरक्षित अवतरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो। नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही ...
: चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा डिभिजन वन कार्यालयले भत्काएको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ का कारण सरकारी कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर छाप्रा निर्माण गरी वन अतिक्रमण गरेकोमा कार्यालयले आफ्नो वन क्षेत्रको जमिन खाली गराउन घर, टहरा हटाउने अभियान थालेको प्रमुख हेमन्त साहले ...
: उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन परिणाम घोषणा भइसकेपछि सार्वजनिक भएको विवरणले राजनीतिक तथा आर्थिक पृष्ठभूमि सम्बन्धी विवादलाई सतहमा ल्याएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा ...
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन
: विश्वव्यापी ऊर्जा संकट र आन्तरिक बजारमा देखिएको उच्च मागलाई सम्बोधन गर्न नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा नयाँ व्यवस्था लागू गरेको छ। निगमले आगामी फागुन २९ गतेदेखि लागू हुने गरी देशभर आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको हो। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम