मुख्य समाचार
टीभीमा सञ्चारकर्म गर्दै आएका राजीव खत्रीलाई जेन-जी आन्दोलनपछि राजनीतिमा होमिन मन लाग्यो
टीभीमा सञ्चारकर्म गर्दै आएका राजीव खत्रीलाई जेन-जी आन्दोलनपछि राजनीतिमा होमिन मन लाग्यो

— टीभीमा सञ्चारकर्म गर्दै आएका राजीव खत्रीलाई जेन-जी आन्दोलनपछि राजनीतिमा होमिन मन लाग्यो । उनलाई सहज पार्टी थियो, राष्ट्रिय स्वतन्त्र पार्टी । रास्वपाका नेताहरूसँगको निकटता र रास्वपा सभापति रवि लामिछानेसँग न्यूज २४ मा हुँदा काम गरेका खत्रीलाई उक्त पार्टी नै सहज लागेको थियो ।

राजीवले निर्वाचन क्षेत्र भने हाल बसोबास गर्दै आएको काठमाडौं-१० रोजेका थिए । तर पार्टीले भने भक्तपुर-२ पठायो । काठमाडौं- १० मा प्रदिप विष्टले टिकट पाए । त्यहाँ पनि रास्वपाले जित्यो र भक्तपुर-२ पनि ।

भक्तपुर- २ राजीवका लागि सहज भने थिएन । कारण, त्यहाँ एमालेका सचिव महेश बस्नेत प्रतिस्पर्धामा थिए । तर, मतपरिणाम भने राजीवको पक्षमा आयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नजिक मानिएका नेता बस्नेतलाई भारी मतान्तरले पराजित गर्दै सञ्चारकर्मी छोडेर राजनीतिमा लागेका खत्री अब प्रतिनिधिसभामा सांसद निर्वाचित भएका छन् ।

बस्नेतले १० हजार ९९६ मत ल्याउँदा खत्रीले भने ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भए । यो निर्वाचन क्षेत्रलाई 'बस्नेतको किल्ला' मानिँदै आएको थियो । जहाँ खत्रीले बस्नेतलाई ३१ हजार ३३८ को मतान्तरले पराजित गरे ।

सम्बन्धित समाचार
जब गैर-चुनावी गीत बने चुनावी ‘एन्थम’
रीना मोक्तान

फाल्गुन २६, २०८२
मत र सिटको अनुपात: पछिल्ला ३ मध्ये सबैभन्दा असन्तुलित निर्वाचन परिणाम [हेर्नुस् ६ ग्राफमा]
तुफान न्यौपाने

फाल्गुन २६, २०८२
मकवानपुरमा १० हजार ६ सय १५ मत बदर
प्रताप विष्ट

फाल्गुन २६, २०८२
ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
Mediaperson turned MP: Went to the party-assigned area, defeated UML secretary
तस्बिर : दीपेन श्रेष्ठ/कान्तिपुर

जेन-जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट बहिर्गमन भएका एमाले अध्यक्ष केपी शर्मा ओली बास खोज्दै भक्तपुर-२ को गुण्डु पुगेका थिए । त्यहाँ बस्नेतको राम्रो प्रभाव क्षेत्र भएकाले नै ओली गुण्डु पुगेका थिए । त्यहाँ ओलीको बासोबासको चाँजोपाजो मात्रै नगरी 'ओली कुटी' नै निर्माण भइरहेको छ । ओलीको भक्तपुर बालकोटस्थित घरमा भने भदौ २४ को प्रदर्शनमा आगजनी गरिएको थियो ।

भक्तपुर-२ मा कांग्रेसका कविर राणा तेस्रो भए । २०७९ को निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट कांग्रेसका दुर्लभ थापाले जितेका थिए । यसपटक भने कांग्रेसका राणाले ८ हजार ४०१ मत मात्रै प्राप्त गरे । उनी पनि पेशाले पत्रकार हुन् । त्यस्तै, भक्तपुरमा राम्रो पकड राख्ने दल मानिँदै आएको नेमकिपाका रमेश वैद्य ३ हजार ७५३ मतसहित चौथो नम्बरमा रहे भने नेकपाका रामप्रसाद सापकोटाले १ हजार ३२३ मत ल्याए ।

देशभरी रास्वपाको लहर भक्तपुरमा पनि पुग्यो । त्यहाँ रास्वपाको संगठनले राजीवलाई साथ दिए । संगठन व्यक्तिका लागि र व्यक्ति संगठनका लागि हो भनेर त्यहाँका रास्वपामा आबद्ध नेताहरूलाई राजीवलाई बोकेर मतदाताकहाँ पुर्‍याए, भोट 'घण्टी'मा हाल्न लगाए ।

यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेले आलोपालो जित्दै आएकोमा यसपटक भने रास्वपाका राजीवले जिते ।

भक्तपुर-२ मा राजीवले रास्वपाको टिकट लिएर जाँदा सुरुमा एमालेका नेता कार्यकर्ताले 'टुरिस्ट उम्मेदवार'को आरोप लगाए । त्यसको जवाफ भने राजीवले जितपछि दिए- म टुरिस्ट उम्मेदवार होइन । भक्तपुरका जनताको पक्षमा काम गर्न आएको हुँ । उनले आफू भक्तपुरमा कसैलाई पराजित गर्न नभई आफू जित्न आएको र जितेको प्रतिक्रिया दिएका छन् ।

नेपालका राजनीतिक दलले विगतमा जनतालाई सपना मात्रै देखाएको तर काम नगरेको राजीवको बुझाइ छ । व्यवस्थाले खोजेअनुसार विकास र समृद्धि नभएकाले जनतामा निराशा छाएको उनको भनाइ थियो ।

खत्रीले सञ्चारकर्मीका रूपमा कार्यक्रम उत्पादन र प्रस्तोता भएर काम गरेका छन् । उनी राजनीतिमा संलग्न हुनुपहिला न्यूज २४ टीभीमा कार्यक्रम उत्पादन र प्रस्तुत गर्दै आएका थिए । त्यसअघि उनले एभिन्यूज टीभीमा काम गरेका थिए भने केही वर्ष रोजगारमञ्च राष्ट्रिय मासिकमा पनि काम गरे ।

रास्वपाले उम्मेदवारको परिचय दिँदा खत्री स्काउट सेवा र भ्रष्टाचारविरुद्ध प्रखर रुपमा लागेको लेखेको छ । खत्रीले कक्षा १२ पास गरेको रास्वपाले राखेको उम्मेदवार परिचयमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय खानीखोलाले आफ्नो मातहत तालिम लिएका नेपाल प्रहरीतर्फ २ हजार २५ जना र सशस्त्र प्रहरीतर्फ ७९ जना गरी कुल २ हजार १०४ जना निर्वाचन प्रहरीलाई ...
: नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो। नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही ...
: चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा डिभिजन वन कार्यालयले भत्काएको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ का कारण सरकारी कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर छाप्रा निर्माण गरी वन अतिक्रमण गरेकोमा कार्यालयले आफ्नो वन क्षेत्रको जमिन खाली गराउन घर, टहरा हटाउने अभियान थालेको प्रमुख हेमन्त साहले ...
: उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन परिणाम घोषणा भइसकेपछि सार्वजनिक भएको विवरणले राजनीतिक तथा आर्थिक पृष्ठभूमि सम्बन्धी विवादलाई सतहमा ल्याएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा ...
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम