मुख्य समाचार
इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक
इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक

: इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक गरेका छन्। उनले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरुमध्य' तत्काल नखोलिने घोषणा गर्दै शत्रु देशहरूमाथि दबाब बढाउने घोषणा गरेका हुन् ।


आफ्नो विशेष सन्देशमा सर्वोच्च नेता खामेनीले पश्चिम एसिया (मध्यपूर्व)क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन्। यदि अमेरिकी सेना फिर्ता नभएमा ती अखडाहरूमाथि इरानले निरन्तर आक्रमण गरिरहने उनको भनाइ छ।


उनले आफ्ना सबै छिमेकी मुलुकसँग इरानले मित्रता चाहेपनि ती मुलुकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमणलाई निरन्तता दिने उल्लेख गरेका छन् । राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गर्दै सर्वोच्च नेता खामेनीले आफ्नो देशका लागि ज्यान दिने शहीदको रगतको बदला लिइने दृढता व्यक्त गरेका छन् ।



उनले सन्देशमा पछिल्लो समयको दबाब र बाह्य आक्रमणका बीच देशको रक्षा गर्न सफल भएकोमा इरानी सेनालाई विशेष धन्यवाद दिएका छन्। साथै, अबको युद्धमा इराक र यमनमा रहेका लडाकु समूहहरू (प्रोक्सी नेटवर्क) पनि प्रत्यक्ष सहभागी हुने घोषणा गर्दै उनले युद्धको दायरा बढ्न सक्ने संकेत गरेका छन्।

सर्वोच्च नेताले जारी युद्धका क्रममा इरानले बेहोर्नु परेको भौतिक तथा मानवीय क्षतिको मुआब्जा (क्षतिपूर्ति) विपक्षी पक्षबाट लिइनुपर्ने माग समेत अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...