मुख्य समाचार
इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक
इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक

: इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक गरेका छन्। उनले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरुमध्य' तत्काल नखोलिने घोषणा गर्दै शत्रु देशहरूमाथि दबाब बढाउने घोषणा गरेका हुन् ।


आफ्नो विशेष सन्देशमा सर्वोच्च नेता खामेनीले पश्चिम एसिया (मध्यपूर्व)क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन्। यदि अमेरिकी सेना फिर्ता नभएमा ती अखडाहरूमाथि इरानले निरन्तर आक्रमण गरिरहने उनको भनाइ छ।


उनले आफ्ना सबै छिमेकी मुलुकसँग इरानले मित्रता चाहेपनि ती मुलुकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमणलाई निरन्तता दिने उल्लेख गरेका छन् । राष्ट्रिय एकतालाई मजबुत बनाउन आग्रह गर्दै सर्वोच्च नेता खामेनीले आफ्नो देशका लागि ज्यान दिने शहीदको रगतको बदला लिइने दृढता व्यक्त गरेका छन् ।



उनले सन्देशमा पछिल्लो समयको दबाब र बाह्य आक्रमणका बीच देशको रक्षा गर्न सफल भएकोमा इरानी सेनालाई विशेष धन्यवाद दिएका छन्। साथै, अबको युद्धमा इराक र यमनमा रहेका लडाकु समूहहरू (प्रोक्सी नेटवर्क) पनि प्रत्यक्ष सहभागी हुने घोषणा गर्दै उनले युद्धको दायरा बढ्न सक्ने संकेत गरेका छन्।

सर्वोच्च नेताले जारी युद्धका क्रममा इरानले बेहोर्नु परेको भौतिक तथा मानवीय क्षतिको मुआब्जा (क्षतिपूर्ति) विपक्षी पक्षबाट लिइनुपर्ने माग समेत अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...