मुख्य समाचार
राष्ट्रिय लिग २० ८२: चर्च ब्वाइज, संकटा र एपिएफ विजयी
राष्ट्रिय लिग २० ८२: चर्च ब्वाइज, संकटा र एपिएफ विजयी

: एन्फा राष्ट्रिय लिग २० ८२ अन्तर्गत आज भएका तीन खेलमा चर्च ब्वाइज युनाइटेड, संकटा क्लब र एपीएफ क्लबले जित दर्ता गरेका छन्।


पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेविहारलाई हराएको थियो। दोस्रो खेलमा संकटा क्लबले श्री भगवती क्लबमाथि जित निकाल्यो। तेस्रो खेल विभागीय डर्बीको थियो। जसमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित दर्ता गरेको हो।


सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको आजको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेविहार क्लबलाई २-१ ले पराजित गरेको हो। पहिलो हाफमा २-० को अग्रता लिएको चर्च ब्वाइज युनाइटेडले दोस्रो हाफमा एक गोल बेहोर्यो।



खेलको सातौँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै चर्च ब्वाइज युनाइटेडलाई १-० को अग्रता दिलाए। ३९ औं मिनेटमा रिचार्डले व्यक्तिगत र टिमका लागि पनि दोस्रो गोल गरे। दोस्रो हाफमा काँक्रेबिहार क्लबका लागि सुदेन विक्रम विश्वकर्माले खेलको ६६ औँ मिनेटमा सान्त्वना गोल फर्काए।

आजको दोस्रो खेल दशरथ रंगशालामा भएको थियो। जसमा संकटा क्लबले श्री भगवती क्लबमाथि कठिन जित दर्ता गर्यो। संकटा क्लबले श्री भगवतीलाई १-० ले पराजित गरेको हो। पहिलो हाफ गोल रहित बराबर बराबरीमा सकिँदा दोस्रो हाफको ६९ औं मिनेटमा संकटा क्लबका लागि कृष्णबहादुर आलेले निर्णायक गोल गरे।

आजको तेस्रो खेलमा विभागीय डर्बी भिडेका थिए। एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब बीच भएको खेलमा एपीएफले आर्मीमाथि १-० को जित निकालेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो खेलको पहिलो हाफ गोल रहित बराबरी भएको थियो।

दोस्रो हाफको ७५ औँ मिनेटमा एपीएफका सबिन गुरुङले गोल गरे। यही गोल नै निर्णायक गोल बन्यो। यो जितसँगै एपीएफले लिगमा १० खेल सहित २४ अंक जोडेको छ। मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भने २२ अंकसहित एपीएफलाई पछाइरहेका छन्। आर्मीलाई हराएसँगै एपीएफ पुनः शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम