मुख्य समाचार
इरान–अमेरिका तनावका कारण मध्यपूर्वका विभिन्न देशका ट्रान्जिटमा रहेका नेपालीहरूलाई उद्धार गर्न रकम अभाव
इरान–अमेरिका तनावका कारण मध्यपूर्वका विभिन्न देशका ट्रान्जिटमा रहेका नेपालीहरूलाई उद्धार गर्न रकम अभाव

: इरान–अमेरिका तनावका कारण मध्यपूर्वका विभिन्न देशका ट्रान्जिटमा रहेका नेपालीहरूलाई उद्धार गर्न रकम अभाव भएको छ। आपतकालीन उद्धारका लागि परराष्ट्र मन्त्रालयमा छुट्टै कोष नभएकाले तत्काल उद्धार कार्यअघि बढाउन समस्या देखिएको हो।


ती देशहरूमा रहेका नेपाली नियोगहरूमा पठाउनका लागि परराष्ट्र मन्त्रालयले १०–१० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मध्यपूर्वका १२ वटा देशका ट्रान्जिटमा फसेका धेरै व्यक्तिलाई सम्बन्धित देशका नियोग तथा दूतावासको सहयोगमा सहजीकरण गरिएको छ। यद्यपि, कुवेतमा अड्किएका १५ जनालाई अझै पनि गन्तव्य देशमा पुर्‍याउन सकिएको छैन।


मध्यपूर्व तथा खाडी क्षेत्रका संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई, साउदी अरेबियाको रियाद र जेद्दा, कुवेत, बहराइन, ओमान, कतार, इजिप्ट र इजरायलमा नेपाली नियोगहरू छन्। परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले तत्काल उद्धारका लागि रकम अभाव भएकाले प्रत्येक नियोगलाई १० लाखका दरले सहयोग गर्न नेपाल सरकारसँग माग गरिएको जानकारी दिए। मध्यपूर्वका देशको ट्रान्जिटमा रहेका नेपालीको उद्धार र अन्य अत्यावश्यक कामका लागि यो रकम माग गरिएको हो।



इरान–अमेरिका द्वन्द्वमा १ नेपालीको मृत्यु, १५ घाइते

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानले पश्चिम एसियाका देशमा मिसाइल आक्रमण गर्दा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको जानकारी दिए। मृतकको शव आफन्तलाई बुझाइ सकिएको र क्षतिपूर्तिका लागि दूतावासले पहल गरिरहेको छ। यस्तै, मिसाइल तथा ड्रोन आक्रमणमा परेर यूएईमा काम गर्ने १५ जना नेपाली नागरिक घाइते भएका छन्। प्रवक्ता क्षेत्रीका अनुसार घाइतेमध्ये १४ जना उपचारपछि काममा फर्किएका छन् भने १ जनाको उपचार भइरहेको छ।

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व मध्यपूर्वमा फैलिएपछि त्यहाँ रहेका १७ लाख २९ हजार नेपाली अहिले त्रासमा छन्। मध्यपूर्वमा रहेका करिब ५ हजार नेपालीले आफूहरू असुरक्षित रहेको जानकारी परराष्ट्र मन्त्रालयमा पठाएका छन्। इरानको तेहरानमा ६ जना नेपाली रहेका छन्। सरकारी तथ्यांकअनुसार १७ लाख २९ हजार नेपाली रहे पनि भिजिट भिसामा गएका तथा गैरकानुनी रूपमा बसेका समेत गरी करिब २० लाख नेपाली मध्यपूर्वी देशमा रहेको अनुमान छ।

‘मध्यपूर्वमा रहेका नेपाली जोखिममा छैनन्’

परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको बताएका छन्। पत्रकारहरूसँगको कुराकानीमा मन्त्री शर्माले रोजगारीका लागि गएका नेपालीहरू स्वदेश फर्कन नचाहेको जानकारी दिए। केही व्यक्तिले असुरक्षित रहेको भन्दै सूचना दिए पनि दूतावासले सोधपुछ गर्दा उनीहरू फर्कन अनिच्छुक देखिएका हुन्।

मन्त्री शर्माका अनुसार हाल काम गरिरहेका व्यक्तिहरूभन्दा पनि विभिन्न देशका ट्रान्जिटमा फसेका व्यक्तिहरू बढी समस्यामा परेका छन्। ‘उनहरू छिट्टै गन्तव्यमा पुग्ने विश्वास लिएका छौं। हाललाई आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र एयरलाइन्सले गरेका छन्।
बस्नै नसक्ने अवस्था भएमा वा नेपालीले दुःख पाएमा सरकारले जसरी भए पनि उद्धार गर्छ,’ उनले भने, ‘हामी सबै विकल्प र उपायहरू अपनाएर आफ्ना नागरिकको सुरक्षा गर्छौं।’ उनले उद्धार गर्नुपर्ने अवस्था आएमा राज्य नै तयार रहनुपर्ने र २५–३० लाख नागरिकलाई उद्धार गर्न राष्ट्रिय स्तरकै पूर्वाधार र जनशक्ति परिचालन गर्नुपर्ने बताए।

पानीजहाजबाट भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव राई

परराष्ट्र सचिव अमृतबहादुर राईले पश्चिम एसियामा फसेका नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आए पानीजहाज भाडामा लिएर भए पनि उद्धार गरिने जानकारी दिए। उनले भने, ‘कोही पनि चिन्तित वा बिचलित नहुनुहोला। नेपालमा रहेका अभिभावक र त्यहाँ बस्ने नेपालीहरूमा यो सन्देश पुगोस् कि ज्यानकै सुरक्षाका हिसाबले तत्कालै उद्धार गर्नुपर्ने अवस्था छैन। तर, संकट परेमा सरकार सक्षम छ र जुनसुकै हालतमा पनि नागरिकको सुरक्षा गर्नेछ।

’उद्धारका लागि के गर्दैछ सरकार ?

परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको जानकारी दिए। यो टिमले २४ सै घण्टा समन्वय, इमेल र फोन रेस्पोन्स तथा समस्या समाधानका काम गरिरहेको छ। मन्त्रालयले सुरु गरेको विवरण अद्यावधिक लिंकमा हालसम्म ६३,५ सय ७७ जनाले फाराम भरेका छन्, जसमा करिब ५ हजारले आफू असुरक्षित रहेको उल्लेख
गरेका छन्।

तत्काल उद्धार चाहिने नेपालीहरूको सूचना संकलन गरेर सरकारले नेपाल वायुसेवा निगमको जहाज पठाउने तयारी समेत गरिरहेको छ। अन्य एयरलाइन्ससँग पनि सहकार्यका लागि छलफल अगाडि बढाइएको छ। दोहामा रहेका हिमालय एयरलाइन्सका ७ जना र नेपाल एयरलाइन्सका १० जना चालक दलका सदस्यहरूको भिसा सहजीकरण गरी नेपाल फर्काइएको छ। कुवेत ट्रान्जिटमा रहेका ४८ यात्रुमध्ये १५ जनालाई दूतावासमार्फत खाना र आवासको व्यवस्था गरिएको छ भने अन्यलाई साउदी अरेबिया हुँदै गन्तव्यमा जान सहजीकरण गरिएको छ।

मन्त्रालयका अनुसार पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला परिस्थितिका सन्दर्भमा नेपाली नागरिकहरूको सुरक्षा र हितका लागि दूतावास तथा महावाणिज्य दूतावासहरू सक्रिय छन्। परराष्ट्र मन्त्रालयले ३ वटा टोल फ्री टेलिफोन नम्बर २४ सै घण्टा खुला राखेको छ। राहदानीलगायतका अत्यावश्यक कार्यका लागि नियोगले उपलब्ध गराएका नम्बर वा इमेलमा सम्पर्क गर्न आग्रह गरिएको छ। हवाई उडानको जानकारीका लागि सम्बन्धित विमान कम्पनी र नियोगका सूचनाहरू हेर्न सकिन्छ।

परराष्ट्र मन्त्रालयले विषम परिस्थितिमा संयमित र सजग रहन तथा कानुनविपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड र आदानप्रदान नगर्न नेपाली नागरिकहरूलाई सूचित गरेको छ। हाल यूएईमा फ्लाई दुबई र एयर अरेबियाका सीमित उडानहरू सञ्चालनमा छन्। दुबई विमानस्थलमा केही अवरोधपछि उडान पुनः सुरु भएको छ। साउदी अरेबिया र ओमानतर्फ पनि हवाई सेवा सुचारु रहेकाले इच्छुक नेपालीले यात्रा गर्न सक्ने मन्त्रालयले जनाएको छ। कुनै समस्या परेमा मन्त्रालयको ‘इमर्जेन्सी एक्सन रुम’ वा सम्बन्धित मुलुकका नेपाली नियोगमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...