मुख्य समाचार
इरानले विश्व समुदायलाई चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी डलर पुग्न सक्ने बताए
इरानले विश्व समुदायलाई चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी डलर पुग्न सक्ने बताए

: मध्यपूर्वमा चर्किएको युद्धको सिधा असर विश्व आर्थिक बजारमा देखिएको छ। बिहीबार सुरुवाती कारोबारका क्रममा प्रमुख एसियाली सेयर बजारहरू ओरालो लागेका छन्। जापानको निक्केई र अष्ट्रेलियाको सेयर बजार सूचकांक करिब १ प्रतिशतले घटेका छन्। त्यस्तै दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि करिब ०.४ प्रतिशतले तल झरेको छ।


इरानले विश्व समुदायलाई चेतावनी दिँदै तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी डलर पुग्न सक्ने बताएको छ। इरानले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' बाट कुनै पनि तेल जान नदिने चेतावनी समेत दिएको छ।


हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ६ प्रतिशतले बढेर ९२.७७ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ। यदि इरानले चेतावनी दिएझैँ सामुद्रिक मार्ग अवरुद्ध गरेमा विश्वभर इन्धनको हाहाकार हुने र मूल्य आकासिने निश्चित देखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इजरायलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी पनि घाइते भएको खुलेको छ । स्रोतका अनुसार, इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी युद्धको पहिलो दिनमा खुट्टा भाँचिनुका साथै केही चोटपटक लागेको छ । अमेरिकाले र इजरायलले गरेको बमबारी अभियानको पहिलो दिन उनी घाइते भएको सीएनएनले जनाएको छ । ५६ वर्षीय खामेनीको खुट्टा भाँचिनुका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशमा हुने औद्योगिक उत्पादन र आपूर्ति व्यवस्थालाई लिएर बुधबारदेखि नयाँ 'व्यापारिक अनुसन्धान' सुरु गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले आर्थिक आपतकालको हवाला दिँदै लगाइएको ट्रम्पको पुरानो आयात शुल्क (इम्पोर्ट ट्यारिफ) लाई खारेज गरिदिएपछि यो नयाँ कदम चालिएको हो। यस अनुसन्धानको दायरामा भारतसहित विश्वका १६ ठूला अर्थतन्त्र भएका मुलुकहरूलाई राखिएको छ। अमेरिकी ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव र 'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम चालेको छ। आईईएका ३२ सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन भण्डारबाट कुल ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा उपलब्ध गराउने सर्वसम्मत निर्णय गरेका छन्। एजेन्सीको उक्त निर्णयमा अमेरिकाले ...
: इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मुज्तबा खामेनीले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक सन्देश जारी गर्दै कडा रणनीति सार्वजनिक गरेका छन्। उनले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग 'हर्मुज जलडमरुमध्य' तत्काल नखोलिने घोषणा गर्दै शत्रु देशहरूमाथि दबाब बढाउने घोषणा गरेका हुन् । आफ्नो विशेष सन्देशमा सर्वोच्च नेता खामेनीले पश्चिम एसिया (मध्यपूर्व)क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू तत्काल ...
: इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एउटा इन्धनवाहक विमान दुर्घटनाग्रस्त भएको छ। इरानविरूद्ध अमेरिका-इजरायलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी-१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो दुर्घटना कुनै बाह्य शत्रुको आक्रमण वा 'फ्रेन्डली फायर' (आफ्नै सेनाको प्रहार) का कारण नभएको स्पष्ट पारिएको छ। इरान विरुद्धको अमेरिकी सैन्य अभियान 'अपरेशन ...