मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा भारतसहित १६ राष्ट्रविरुद्ध नयाँ व्यापारिक अनुसन्धान सुरु
ट्रम्प प्रशासनद्वारा भारतसहित १६ राष्ट्रविरुद्ध नयाँ व्यापारिक अनुसन्धान सुरु

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशमा हुने औद्योगिक उत्पादन र आपूर्ति व्यवस्थालाई लिएर बुधबारदेखि नयाँ 'व्यापारिक अनुसन्धान' सुरु गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले आर्थिक आपतकालको हवाला दिँदै लगाइएको ट्रम्पको पुरानो आयात शुल्क (इम्पोर्ट ट्यारिफ) लाई खारेज गरिदिएपछि यो नयाँ कदम चालिएको हो।


यस अनुसन्धानको दायरामा भारतसहित विश्वका १६ ठूला अर्थतन्त्र भएका मुलुकहरूलाई राखिएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमीसन ग्रियरले सन् १९७४ को व्यापार कानूनको 'धारा ३०१' अन्तर्गत आधिकारिक अनुसन्धान सुरु गर्ने घोषणा गरेका छन्। यो अनुसन्धान पूरा भएपछि अमेरिकाले ती देशहरूबाट आउने सामानमा पुनः नयाँ र उच्च दरको आयात कर लगाउन सक्नेछ।


अनुसन्धानको दायरामा चीन, भारत, युरोपेली संघ, मेक्सिको, जापान, दक्षिण कोरिया र ताइवान, स्विट्जरल्याण्ड, नर्वे, इन्डोनेसिया, सिंगापुर, थाइल्याण्ड, मलेसिया, कम्बोडिया, भियतनाम र बंगलादेश परेका छन् । समाचार एजेन्सी ब्लूमबर्गका अनुसार जेमीसन ग्रियरले धेरै देशहरूले आफ्नो घरेलु र वैश्विक मागभन्दा बढी उत्पादन क्षमता बढाएको आरोप लगाएका छन्।



ट्रम्प प्रशासनले मुख्य आपूर्ति व्यवस्थालाई पुनः अमेरिकाभित्रै फर्काउन र अमेरिकी श्रमिकहरूका लागि उच्च आम्दानी हुने रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको छ। विदेशी प्रतिस्पर्धीहरूका कारण अमेरिकामा नयाँ कारखाना खोल्ने योजनाहरू रोकिएको र अमेरिकी उद्योगहरू पछि परेको निष्कर्ष ट्रम्प प्रशासनको छ। यो अनुसन्धान यस्तो समयमा सुरु भएको छ जब हालै मात्र भारत र अमेरिकाबीच एक द्विपक्षीय व्यापार सम्झौता भएको थियो।

उक्त सम्झौतापछि अमेरिकाले भारतमाथि लगाएको आयात कर ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको थियो। भारतले रुसबाट तेल खरिद कम गर्ने वा रोक्ने आश्वासन दिएपछि अमेरिकाले यो सहुलियत दिएको थियो।

यद्यपि, यो 'ऐतिहासिक' सम्झौताका बाबजुद भारतलाई पुनः नयाँ अनुसन्धानको सूचीमा राख्नुले आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्धमा नयाँ चुनौती थपिने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम