मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा भारतसहित १६ राष्ट्रविरुद्ध नयाँ व्यापारिक अनुसन्धान सुरु
ट्रम्प प्रशासनद्वारा भारतसहित १६ राष्ट्रविरुद्ध नयाँ व्यापारिक अनुसन्धान सुरु

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशमा हुने औद्योगिक उत्पादन र आपूर्ति व्यवस्थालाई लिएर बुधबारदेखि नयाँ 'व्यापारिक अनुसन्धान' सुरु गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले आर्थिक आपतकालको हवाला दिँदै लगाइएको ट्रम्पको पुरानो आयात शुल्क (इम्पोर्ट ट्यारिफ) लाई खारेज गरिदिएपछि यो नयाँ कदम चालिएको हो।


यस अनुसन्धानको दायरामा भारतसहित विश्वका १६ ठूला अर्थतन्त्र भएका मुलुकहरूलाई राखिएको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमीसन ग्रियरले सन् १९७४ को व्यापार कानूनको 'धारा ३०१' अन्तर्गत आधिकारिक अनुसन्धान सुरु गर्ने घोषणा गरेका छन्। यो अनुसन्धान पूरा भएपछि अमेरिकाले ती देशहरूबाट आउने सामानमा पुनः नयाँ र उच्च दरको आयात कर लगाउन सक्नेछ।


अनुसन्धानको दायरामा चीन, भारत, युरोपेली संघ, मेक्सिको, जापान, दक्षिण कोरिया र ताइवान, स्विट्जरल्याण्ड, नर्वे, इन्डोनेसिया, सिंगापुर, थाइल्याण्ड, मलेसिया, कम्बोडिया, भियतनाम र बंगलादेश परेका छन् । समाचार एजेन्सी ब्लूमबर्गका अनुसार जेमीसन ग्रियरले धेरै देशहरूले आफ्नो घरेलु र वैश्विक मागभन्दा बढी उत्पादन क्षमता बढाएको आरोप लगाएका छन्।



ट्रम्प प्रशासनले मुख्य आपूर्ति व्यवस्थालाई पुनः अमेरिकाभित्रै फर्काउन र अमेरिकी श्रमिकहरूका लागि उच्च आम्दानी हुने रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको छ। विदेशी प्रतिस्पर्धीहरूका कारण अमेरिकामा नयाँ कारखाना खोल्ने योजनाहरू रोकिएको र अमेरिकी उद्योगहरू पछि परेको निष्कर्ष ट्रम्प प्रशासनको छ। यो अनुसन्धान यस्तो समयमा सुरु भएको छ जब हालै मात्र भारत र अमेरिकाबीच एक द्विपक्षीय व्यापार सम्झौता भएको थियो।

उक्त सम्झौतापछि अमेरिकाले भारतमाथि लगाएको आयात कर ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको थियो। भारतले रुसबाट तेल खरिद कम गर्ने वा रोक्ने आश्वासन दिएपछि अमेरिकाले यो सहुलियत दिएको थियो।

यद्यपि, यो 'ऐतिहासिक' सम्झौताका बाबजुद भारतलाई पुनः नयाँ अनुसन्धानको सूचीमा राख्नुले आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्धमा नयाँ चुनौती थपिने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...