मुख्य समाचार
अमेरिका र इजरायलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी पनि घाइते भएको खुलेको छ
अमेरिका र इजरायलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी पनि घाइते भएको खुलेको छ

: अमेरिका र इजरायलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी पनि घाइते भएको खुलेको छ । स्रोतका अनुसार, इरानका नयाँ सर्वोच्च नेता मोज्ताब खामेनी युद्धको पहिलो दिनमा खुट्टा भाँचिनुका साथै केही चोटपटक लागेको छ । अमेरिकाले र इजरायलले गरेको बमबारी अभियानको पहिलो दिन उनी घाइते भएको सीएनएनले जनाएको छ ।


५६ वर्षीय खामेनीको खुट्टा भाँचिनुका साथै उनको बाँया आँखाको वरिपरि नीलडाम परेको र अनुहारमा सामान्य काटिने गरी चोट पनि लागेको बताइएको छ । यसअघि एक इजरायली स्रोतले सीएनएनलाई बताए अनुसार खामेनीमाथि गत हप्ता गरिएको हत्या प्रयासमा पनि उनी घाइते भएका थिए र उनका चोटबारे केही दिनदेखि विभिन्न अफवाहहरू फैलिरहेका थिए ।





साइप्रसका लागि इरानका राजदूत अलिरेजा सालारियनले बेलायती पत्रिका द गार्डियनलाई दिएको जानकारी अनुसार, खामेनी त्यही हवाई आक्रमणमा घाइते भएका थिए जसमा उनका पिता तथा पूर्व सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीसहित परिवारका पाँच अन्य सदस्य मारिएका थिए ।

नयाँ सर्वोच्च नेता नियुक्त भएको घोषणा भएयता खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् र न कुनै भाषण दिएका छन् । सालारियनले गार्डियनलाई भने, ‘मलाई लाग्दैन कि उनी अहिले भाषण दिन सक्ने अवस्थामा सहज छन् ।’ इरानका राष्ट्रपति मसुद पेजेशकियनका छोरा युसुफ पेजेशकियनले बुधबार बिहान इरानी स्टुडेन्ट्स न्युज एजेन्सी (क्ष्क्ल्ब्) लाई भने कि उनले खामेनी घाइते भएको सुनेका छन्, तर ‘उनी सुरक्षित छन् र चिन्ता गर्नुपर्ने अवस्था छैन ।’


यसबीच इरानी सरकारी मिडिया र प्रचार नेटवर्कहरूले खामेनीका पुराना भिडियोहरू व्यापक रूपमा प्रयोग गरिरहेका छन् । जहाँ भिडियो उपलब्ध छैन, त्यहाँ एआइद्वारा बनाइएका तस्बिरहरू प्रयोग गरेर सामग्री तयार पारिएको बताइएको छ ।
रहस्यमय धार्मिक व्यक्तित्व

जब इरानको एसेम्ब्ली या विज्ञहरुले उनलाई नयाँ सर्वोच्च नेता घोषणा गर्‍यो, सरकारी मिडियाले उनको जीवनबारे चार मिनेटको डकुमेन्ट्री प्रसारण गर्‍यो । यसमा उनको साधारण पारिवारिक पृष्ठभूमि, पवित्र शहर त्तयm मा गरेको धार्मिक अध्ययन, किशोरावस्थामा इरान–इराक युद्धमा लडेको अनुभव र अन्ततः ‘शहीद’ भएका पिताको उत्तराधिकारीको रूपमा उनको भूमिका समेटिएको थियो ।

सर्वोच्च नेता बन्नुअघि मोज्ताब खामेनी सार्वजनिक रूपमा धेरै नदेखिने व्यक्ति थिए । तर उनी आफ्ना पिता अलि खामेनीले दशकौंसम्म बनाएको शक्ति र प्रभावको नेटवर्कभित्र महत्वपूर्ण व्यक्ति मानिन्थे । सन् २०२१ मा सामाजिक सञ्जालमा उनलाई पिताको उत्तराधिकारी बनाउन समर्थन गर्ने पोस्टरहरू वितरण गरिएको तस्बिरहरू समेत सार्वजनिक भएका थिए ।

यद्यपि उनी उच्चस्तरका धर्मगुरु होइनन्, तर उनको इस्लामिक क्रान्तिकारी गार्ड कोर र इरानको आर्थिक अभिजात वर्गसँग नजिकको सम्बन्ध रहेको मानिन्छ । विश्लेषकहरूका अनुसार उनी आफ्नो पिताभन्दा पनि कडा नीति अपनाउने नेता हुन सक्ने सम्भावना छ ।
बेरुतस्थित कार्नेगी मध्यपूर्व सेन्टरकी निर्देशक माहा याहाले सीएनएनसँग भनेकी थिइन् कि उनको नेतृत्वमा आउनु इरानी शासनको एउटा सन्देश हुन सक्छ—अमेरिका र इजरायलको सैन्य दबाबले इरानको नीति परिवर्तन गराउन सक्दैन ।
विगतका विवाद

सन् २००९ मा इरानी राष्ट्रपति निर्वाचनपछि भएको विरोध प्रदर्शनका बेला पनि खामेनी प्रदर्शनकारीहरूको लक्ष्य बनेका थिए । धेरै मानिसहरूले उनलाई त्यस चुनावको विवादास्पद नतिजामा भूमिका खेलेको आरोप लगाएका थिए, जसमा महमद अहमदिनेजाद पुनः राष्ट्रपति निर्वाचित भएका थिए । प्रदर्शनकारीहरूले फारसी भाषामा यस्तो नारा लगाएका थिए : ‘मोज्तबा, तिमी मर्नु परोस् ताकि तिमीले नेतृत्व सम्हाल्न नपाओस् ।’

अन्ततः ती आन्दोलनहरू दमन गरिए र इरानको आन्तरिक विपक्ष लगभग समाप्त गरियो । यद्यपि उनी अन्तर्राष्ट्रिय रूपमा धेरै परिचित थिएनन्, अमेरिकी अधिकारीहरूले पहिले नै उनलाई निगरानीमा राखेका थिए । सन् २०१९ मा अमेरिकी ट्रेजरी विभागले उनलाई प्रतिबन्ध लगाएको थियो ।

आरोप लगाउँदै कि उनले इस्लामिक क्रान्तिकारी गार्ड कोरसँग मिलेर आफ्ना पिताका क्षेत्रीय रणनीति र घरेलु दमनकारी नीतिहरूलाई अगाडि बढाउन सहयोग गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानका नयाँ सर्वोच्च नेताको चयनप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई ‘अस्वीकार्य’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम