मुख्य समाचार
रोल्पाबाट उम्मेदवार बनेका १० जनामध्ये पाँच जना उम्मेदवारको धरौटी जफत
रोल्पाबाट उम्मेदवार बनेका १० जनामध्ये पाँच जना उम्मेदवारको धरौटी जफत

रोल्पा —

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवार बनेका १० जनामध्ये पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ।

निर्वाचन कानुनअनुसार खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी (जमानत) जफत हुने व्यवस्था भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

धरौटी जफत हुने उम्मेदवारहरूमा राप्रपाका अम्मरबहादुर थापा क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनका कुमार घर्ती मगर, राष्ट्रिय जनमोर्चाका मेखबहादुर विष्ट, नेसनल रिपब्लिक नेपालका मनबहादुर घर्ती मगर र आम जनता पार्टीका दिलबहादुर कामी छन्। उनीहरू सबैले १ हजारभन्दा कम मत प्राप्त गरेका हुन्।

निर्वाचन परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार वर्षमान पुन २७ हजार ४ सय ६० मतसहित विजयी भएका थिए। पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८ सय ९४ मत र एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए। यसैगरी नेकपा (माओवादी ) का उम्मेदवार चुडामणि वलीले ३ हजार ७ सय १४ मत प्राप्त गरे।

निर्वाचन कानुनअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा धरौटीस्वरूप रकम बुझाउनुपर्ने व्यवस्था छ। खसेको सदर मतको १० प्रतिशतभन्दा कम प्राप्त गरेमा उक्त धरौटी रकम जफत हुने प्रावधान छ। यहाँ सदर मतको १० प्रतिशत पुर्‍याउन नसकेका कारण पाँच जना उम्मेदवारको धरौटी जफत भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...