मुख्य समाचार
व्रतबन्धमा उठेको दक्षिणाबाट विकटका विद्यार्थीका लागि खाद्यान्न र स्टेशनरीका लागि खर्च गरिएको छ
व्रतबन्धमा उठेको दक्षिणाबाट विकटका विद्यार्थीका लागि खाद्यान्न र स्टेशनरीका लागि खर्च गरिएको छ

— व्रतबन्धमा उठेको दक्षिणाबाट विकटका विद्यार्थीका लागि खाद्यान्न र स्टेशनरीका लागि खर्च गरिएको छ ।

२० वर्षदेखि जापानको ओकायामामा बस्दै आएको प्रेम आचार्य र शिवप्रसाद आचार्यको परिवार बिहीबार छोराछोरीसहित चितवनको विकट पहाडी गाउँ कान्दा पुगे । मूलथलो बाग्लुङ भएका प्रेमका छोरा १९ वर्षका सुमित र शिवका छोरा १२ वर्षीय शिरिषको फागुन २५ मा व्रतबन्ध भएको थियो ।

व्रतबन्धमा उठेको दक्षिणा र अन्य खर्च कटौती गरेर कान्दाका चेपाङ बालबालिका बसेर पढ्ने छात्राबासमा खाद्यान्न र स्टेशनरी सहयोग गरेको प्रेमले बताए ।

प्रेमले १० वर्षयता नेपालका विभिन्न क्षेत्र र चेपाङका पहाडी भेगमा सहयोग गर्दै आएका छन् । राप्ती नगरपालिका-१३ मा पर्ने कान्दामा लक्ष्मी प्रतिष्ठानले सञ्चालन गरेको कुमार बलराम स्मृति छात्राबास छ । उक्त छात्राबासमा बसेर १४० जना विद्यार्थी आडैको कान्देश्वरी राष्ट्रिय विद्यालयमा पढ्छन् । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयका प्राय: विद्यार्थी सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायका छन् ।

'यो ठाउँमा पहिला पनि सहयोग लिएर आएको थिएँ । अहिले छोरा छोरी र परिवारसहित हामी यहाँ आयौं । व्रतबन्ध गरेको छोरो शिरिष जापानमै जन्मे हुर्केका हुन् । उनीहरु त्यही पढ्दै आएका छन् । सुमित पनि लामो समयदेखि उतै छन् । उनीहरूले छात्राबासका लागि ३० केजी दरका ५० बोरा चामल र विद्यार्थीका लागि स्टेशनरी सहयोग गरेका हुन् । करिब १ लाख ५० हजार रूपैयाँ बराबरको सामग्री सहयोग गरेको शर्माले जानकारी दिए ।

छात्राबासमा बसेर पढ्दा पोशाकदेखि खाने, बस्ने र स्टेशनरी विद्यार्थीले निःशुल्क पाउँछन् । २०७२ सालदेखि कान्दामा लक्ष्मी प्रतिष्ठानले छात्राबास चलाएको हो । देश विदेशमा रहने नेपालीहरूले गर्दै आएको सहयोग रकमले नै छात्राबास सञ्चालन हुँदै आएको लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले बताए । कान्दाको छात्राबासमा दिनमै ९० किलो चामल पाक्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...