मुख्य समाचार
अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट
अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट

— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो ।

बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रूपमा गरेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाका अनुसार म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ उत्पादन मितिका साथै उपभोग्य मिति र म्याद नराखिएको भेटिएको छ । यस्तै घरेलु तथा साना उद्योगको कार्यालयका सूचना अधिकारी विकास कार्कीका अनुसार कतिपय पसलमा मूल्य सूची टाँस नगरिएको र राख्न आग्रह गरिएको बताए ।

अखाद्य बस्तु बेचबिखन नगर्न नगराउन र आगामी दिनमा अटेर गरेको पाइएमा कारबाही हुने समेत चेतावनी दिइएको उनले बताए । उपभोक्ताहरू नठगिऊन् भनेर बजार अनुगनमालाई तीव्रता दिएको सूचना अधिकारी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...