मुख्य समाचार
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताए
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताए

। इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)’मा अवरोध जारी राख्ने बताएका छन् ।

इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले यस्तो बताएका हुन् । सन्देश भने उनले प्रत्यक्ष रूपमा नदिई समाचार वाचकमार्फत पढेर सुनाइएको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी अन्तिम साता हवाई आक्रमण गर्दा इरानका अघिल्ला सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी मारिएका थिए । त्यसपछि उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरिएको थियो ।

सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । उनको कुनै तस्बिर वा भिडियो पनि बाहिर आएको छैन । तर उनको सन्देश भनेर इरानको सरकारी टेलिभिजनमा एक जना प्रस्तोताले पढेर सुनाएका थिए ।

‘रगतको बदला लिने’ चेतावनी

सन्देशमा उनले अमेरिका र इजरायलसँगको युद्धमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ बताएका छन् । साथै छिमेकी देशहरूलाई आफ्नो भूमिमा अमेरिकी सैन्य अड्डा सञ्चालन गर्न नदिन चेतावनी पनि दिएका छन् ।

आफ्नो पहिलो सार्वजनिक सन्देशमा खामेनेईले स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्नु इरानका लागि ‘रणनीतिक दबाबको साधन’ भएको बताएका छन् । उनका अनुसार यो क्षेत्र यस्तो स्थान हो जहाँ ‘शत्रु अत्यन्त कमजोर’ छ ।

छिमेकी मुलुकलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह

उनले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर आक्रमण जारी राख्ने पनि बताएका छन् । इद्यपि इरानले छिमेकी मुलुकहरूसँग ‘मैत्रीपूर्ण सम्बन्ध’ राख्ने नीति अपनाएको भन्दै उनले ती देशहरूलाई अमेरिकी सैन्य अड्डा बन्द गर्न आग्रह गरेका छन् ।

‘हामी १५ वटा छिमेकी देशसँग स्थल वा समुद्री सीमा जोडिएका छौं र सधैं उनीहरूसँग सकारात्मक सम्बन्ध चाहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘तर हाम्रो देशमाथि आक्रमण गर्ने र हाम्रा नागरिकको हत्या गर्ने पक्षप्रति उनीहरूले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ । म उनीहरूलाई अमेरिकी अड्डा यथाशीघ्र बन्द गर्न सुझाव दिन्छु ।’


इरानले विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने मार्ग मानिने स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूलाई निशाना बनाउने चेतावनी दिइसकेको छ । सो बाटो भएर आउजाउ गर्ने तेल ट्यांकरको आवागमन अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेको छ ।

तेहरानले बुधबार विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । साथै अमेरिका, इजरायल र उनीहरूको साझेदार देशतर्फ जाने कुनै पनि तेल ट्यांकरमाथि आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।

यता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्व तेल बजारले अहिले ‘इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध’को सामना गरिरहेको जनाएको छ । अहिलेको समस्या समाधानका लागि एजेन्सीले ४० करोड ब्यारेल तेल विश्वबजारमा पठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम