मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै
समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै

। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने ।

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा उत्पन्न परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी ग्यासको अभाव भएको, त्यसबाट उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित समाचारप्रति आउयोगको ध्यानाकर्षण भएको जनाएका छन् । सोही सन्दर्भमा आयोगले नेपाल ...
। नेकपा एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताउँदै एउटा मात्रै नेतालाई दोष दिएर केही नहुने बताएका हुन् । ‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ ...
। कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२’ लाई स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने निर्णय भएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । त्यसैगरी ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड विधेयक’को मस्यौदा तर्जुमाको ...
। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री संग्रौलाले निर्वाचनको नतिजा आत्मालोचनासहित स्वीकार गर्ने पनि संग्रौलाले बताइन् । ‘हामी जनतामा आत्मालोचना गरेर जान तयार छौँ । राजीनामा अहिलेको विकल्प होइन,’ ...
। २३ माघको बिहान । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया युवतीको शव फेला पर्‍यो । युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान थियो । बायाँबाट छेडेर गोली दायाँभाग हुँदै निस्किएको थियो । ती युवती को थिइन् ? कसले उनको हत्या गरेको थियो ? अहिलेसम्म केही पत्तो लागेको छैन । प्रहरीले अनुसन्धान चलिरहेको बताउँछन् । ...