मुख्य समाचार
हवाई आक्रमणपछि भग्नावशेष खस्दा दुबईको भवनमा क्षति
हवाई आक्रमणपछि भग्नावशेष खस्दा दुबईको भवनमा क्षति

। दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ।

दुबई मिडिया अफिसले जनाएअनुसार, यस आक्रमणमा कोही पनि घाइते भएका छैनन्। उक्त आक्रमण क्षेप्यास्त्र वा ड्रोन केबाट भएको थियो भन्नेबारे कार्यालयले खुलाएको छैन।




कतारमा साढे तीन लाखभन्दा बढी नेपाली नागरिक कार्यरत छन् ।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) की राज्यमन्त्री लाना नुसेबेहले खाडी देशहरूमाथि इरानले गरेको आक्रमणको निन्दा गरेकी छन्।




उनले यी आक्रमणहरूलाई अत्यन्त गम्भीर र गैरकानुनी भएको बताएकी छन् । ‘आक्रमणको स्तर मात्र होइन, इरानले यस द्वन्द्वमा सम्पूर्ण क्षेत्रलाई नै तानेको कुरा झनै चकित पार्ने खालको छ,’ उनले भनिन् ।

उनले यी सबै समस्या समाधानको बाटो कुटनीतिक नै हुनुपर्नेमा जोड दिइन् ।

राज्यमन्त्री नुसेबेहले यूएईलाई आत्मरक्षाको अधिकार रहेको कुरा प्रस्ट पार्दै भनिन्, ‘तर इरानमाथि आक्रमण गर्न अमेरिकालाई यूएईको हवाई क्षेत्र वा जमिन प्रयोग गर्न भने दिइने छैन।’

राज्यमन्त्री नुसेबेहले देशको अर्थतन्त्र बलियो रहेको दाबी गर्दै भनिन्, ‘हाम्रो अर्थतन्त्रले तेल पूर्वाधार र पर्यटन उद्योगमाथि भएका आक्रमणको धक्कालाई सहन सक्छ।’

इरानले गरेका हमलाहरूबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल र केही होटलहरूमा क्षति पुगेको छ ।

ड्रोन र क्षेप्यास्त्र आक्रमणका तस्बिरहरू खिच्न प्रतिबन्ध लगाउने कडा कानुनअन्तर्गत केही व्यक्तिहरू पक्राउ परेका खबरहरूबारे आफूलाई जानकारी रहेको पनि उनले बताइन्।

बीबीसीका अनुसार, यूएईमा हालको यथार्थ अवस्था बाहिर आउन नदिन यो कदम चालिएको भन्ने आरोपहरू लागिरहेका छन्। तर, राज्यमन्त्री नुसेबेहले भने ती खबरहरू गलत भएको दाबी गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम