मुख्य समाचार
भारतका लागि इरानी राजदूत मोहम्मद फतालीले मध्यपूर्व तनावका बिच स्टे«ेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिने बताए
भारतका लागि इरानी राजदूत मोहम्मद फतालीले मध्यपूर्व तनावका बिच स्टे«ेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिने बताए

। भारतका लागि इरानी राजदूत मोहम्मद फतालीले मध्यपूर्व तनावका बिच स्टे«ेट अफ हर्मुजमा भारतलाई सुरक्षित बाटो दिने बताएका छन् । इजरायल–अमेरिकासँगको युद्धमा इरानले स्टे«ेट अफ हर्मुज बन्द गरेको छ । जसले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको संकट पैदा भएको छ ।

सोही प्रसंगमा भारतस्थित इरानी राजदूत फतालीसँग पत्रकारले इरानले भारतलाई सुरक्षित बाटो दिने वा नदिने भन्ने प्रश्न सोधेका थिए ।




जसको जवाफमा फतालीले भने, ‘दिन्छौँ । किनभने भारत हाम्रो मित्र हो ।’ भारत र इरानबिच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध छ । सोही कारण भारतले इरानबाट ठुलो मात्रामा इन्धन आयात गर्दै आएको छ ।

‘हाम्रो मान्यता छ कि इरान र भारत मित्र हुन र हाम्रा हितका मुद्दा समान छन्,’ पत्रकारको प्रश्नमा राजदूत फतालीले भने, ‘भारतमा इरानको राजदूत हुनुको नाताले भारत सरकार यस स्थितिमा युद्धपछि अलग–अलग क्षेत्रमा इरानको मद्दत गर्नेछ भन्ने अपेक्षा छ ।’




शुक्रबार भारतको पेट्रोलियम र ग्यास मन्त्रालयले स्टे«ट अफ हर्मुजमा भइरहेको नाकाबन्दीलाई लिएर चिन्ता प्रकट गरेको थियो । मन्त्रालयकी सचिव सुजाता शर्माले भनेकी थिइन्, ‘स्ट्रेट अफ हर्मुज भएर हाम्रो ठुलो तेल आयात हुन्छ ।’ यद्यपि नाकाबन्दीका बाबजुत पनि हालसम्म स्टक नरित्तिएको उनले दाबी गरेकी थिइन् ।

नेपालमा पनि भारतबाटै पेट्रोलियम पदार्थ आयात हुन्छ । भारतमा नै त्यसको संकट भएको अवस्थामा नेपालमा झन् कठिनाइ हुने चिन्ता बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त ...
। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालय बबरमहलमा बसेको हो । मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चामा संलग्न दलले यो निर्वाचनमा एकै सिट जित्न सकेन । चुनाव जित्न नसकेपछि आज समीक्षा बैठक बसेको हो । बैठकमा जनमतका अध्यक्ष ...
। मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई ...
। राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग ...