मुख्य समाचार
कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा
कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा

। कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ।

युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले गत साताको अन्त्यदेखि दोहामा फसेकाहरूलाई घर फर्कन र देश बाहिर फसेका कतारका बासिन्दाहरूलाई कतार फिर्ता ल्याउन मद्दत गर्ने उद्देश्यले विशेष उडानहरू सञ्चालन गरिरहेको छ।

अलजजिराका अनुसार, शुक्रबार बिहानै कतार एयरवेजले मार्च १७ सम्मको आफ्नो उडान तालिका सार्वजनिक गरेको हो । यी उडानहरूमा काठमाडौंबाट प्रस्थान गर्ने र काठमाडौं आइपुग्ने कुनै उडानहरू समावेश छैनन् ।

मार्च १३:

दोहाबाट प्रस्थान गर्ने: पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, मियामी, अल्जियर्स, इस्तानबुल, कायरो, एम्स्टर्डम, लन्डन, मिलान, पेरिस र मस्कट।
दोहामा आइपुग्ने: एम्स्टर्डम, लन्डन, मिलान, पेरिस, मुम्बई, दिल्ली, इस्लामावाद, कोलम्बो, न्युयोर्क, साओ पाउलो, बेइजिङ, मनिला, जकार्ता, कायरो।
मार्च १४:

दोहाबाट प्रस्थान गर्ने: रियाद, मनिला, जोहानेसबर्ग, मस्कट, ड्यालस, टोरन्टो, कोलम्बो, इस्तानबुल, कायरो, मुम्बई, इस्लामावाद, लन्डन, रोम, म्याड्रिड, फ्र्याङ्कफर्ट, ट्युनिस, मस्को, दिल्ली, बाली डेनपसार।
दोहामा आइपुग्ने: पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, अल्जियर्स, मियामी, इस्तानबुल, कायरो, जोहानेसबर्ग, लन्डन, म्याड्रिड, फ्र्याङ्कफर्ट, मस्को, ड्यालस।
मार्च १५:

दोहाबाट प्रस्थान गर्ने: इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, अल्जियर्स, मेलबर्न, न्युयोर्क, जेद्दाह, कायरो, म्याड्रिड, हङकङ, लन्डन, कासाब्लान्का, पेरिस, इस्लामावाद।
दोहामा आइपुग्ने: मस्कट, ट्युनिस, मनिला, ड्यालस, टोरन्टो, कोलम्बो, कायरो, इस्लामावाद, मुम्बई, रोम, म्याड्रिड, लन्डन, कासाब्लान्का, पेरिस, दिल्ली, बाली डेनपसार, पर्थ।
मार्च १६:

दोहाबाट प्रस्थान गर्ने: पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, एम्स्टर्डम, लन्डन, कोलम्बो, फ्र्याङ्कफर्ट, दिल्ली।
दोहामा आइपुग्ने: इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, दिल्ली, अल्जियर्स, जेद्दाह, न्युयोर्क, हङकङ, फ्र्याङ्कफर्ट, एम्स्टर्डम, लन्डन, इस्लामावाद, कायरो।
मार्च १७:

दोहामा आइपुग्ने: पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, कोलम्बो, लन्डन, एम्स्टर्डम, फ्र्याङ्कफर्ट।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त ...
। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालय बबरमहलमा बसेको हो । मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चामा संलग्न दलले यो निर्वाचनमा एकै सिट जित्न सकेन । चुनाव जित्न नसकेपछि आज समीक्षा बैठक बसेको हो । बैठकमा जनमतका अध्यक्ष ...
। मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई ...
। राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग ...