मुख्य समाचार
बालेनको जितलाई संघीय लोकतान्त्रिक मोर्चाको अनुमोदन
बालेनको जितलाई संघीय लोकतान्त्रिक मोर्चाको अनुमोदन

। सङ्घीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाहले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको बताएको छ।

शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले बालेनको जितलाई मधेशी, थारु लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, सङ्घर्ष र बलिदानको परिणामका रूपमा चित्रित गरेको छ ।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मधेशी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले निजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि सङ्घर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो।’

बैठकले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अग्रिम शुभकामना तथा बधाई ज्ञापन समेत गरेको छ।

संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने विश्वास

बधाई ज्ञापनसँगै मोर्चाले बालेनको नेतृत्वबाट मधेसका पुराना र थाती रहेका मुद्दाहरू सम्बोधन हुने ठूलो अपेक्षा राखेको छ। नेपाली जनताले विगतमा गरेका सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, लोकतन्त्र र समावेशिता लगायतका उपलब्धिहरूलाई नयाँ सरकारले संस्थागत गर्ने मोर्चाले विश्वास व्यक्त गरेको छ ।

साथै, संविधान संशोधन, प्रदेशको सीमाङ्कन हेरफेर, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीयतालाई अझ बलियो बनाउने जस्ता महत्त्वपूर्ण मुद्दाहरू बालेनको नेतृत्वमा सम्बोधन हुने विश्वास मोर्चाले व्यक्त गरेको छ।

बैठकले सङ्घीय लोकतान्त्रिक मोर्चाका अग्रज नेता महन्थ ठाकुर हालै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएकोमा उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त ...
। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालय बबरमहलमा बसेको हो । मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चामा संलग्न दलले यो निर्वाचनमा एकै सिट जित्न सकेन । चुनाव जित्न नसकेपछि आज समीक्षा बैठक बसेको हो । बैठकमा जनमतका अध्यक्ष ...
। मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई ...
। राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग ...