मुख्य समाचार
लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी
लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी

। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री संग्रौलाले निर्वाचनको नतिजा आत्मालोचनासहित स्वीकार गर्ने पनि संग्रौलाले बताइन् ।

‘हामी जनतामा आत्मालोचना गरेर जान तयार छौँ । राजीनामा अहिलेको विकल्प होइन,’ सहमहामन्त्री संग्रौलाले भनिन् । उनले पार्टी सम्हालेको छोटो समय नै भए पनि पराजयको जिम्मा सभापति थापाको टिमले लिने बताइन् ।

‘गगन थापा व्यक्ति होइन संस्था हो,’ उनले भनिन्, ‘आज पदाधिकारी र केन्द्रीय समितिले मात्रै रोक्न खोजेका छन् भनिएको छ । त्यो होइन । कुन परिवेशमा गयौँ, कुन परिस्थितिमा गयौँ भन्ने हुन्छ ।’

उनले पार्टी संरचना निर्वाचनमा कत्तिको सक्रिय भयो भन्नेले पनि नतिजा फरक पार्ने आशय व्यक्त गरिन् । ‘कांग्रेसको आठ लाख क्रियाशील सदस्यता, यत्तिको संरचना, भातृ–शुभेच्छुक कति परिचालन भए, कति भएनन् । हाम्रा उम्मेदवारले कस्ता बाधा व्यवधान बेहोर्नुपर्‍यो त्यो रिपोर्ट आउने क्रम चलिरहेको छ,’ उनले भनिन् ।

सभापति थापा नियमित महाधिवेशनबाट आएको सभापति पनि नभएकाले उनले अहिले नै छाडेर जाने छुट नभएको सहमहामन्त्री संग्रौलाले बताइन् । उनले भनिन्, ‘विशेषबाट भएको पाँच दिनमा आएको सभापति भएकाले उहाँको जिम्मेवारी नियमित महाधिवेशन गरेर पुनर्जागरण गर्नुपर्ने दायित्व छ । यो कुरा देशभरबाट आइरहेको छ ।’

तैपनि यो कुरामा सभापति थापाकै निर्णय रहने उनले बताइन् । त्यसका लागि आगामी केन्द्रीय समिति बैठकमा छलफल हुने उनको भनाई छ ।

‘लोकतन्त्रमा हार र जित दुवै हुन्छ । हामी आत्मालोचनासहित पराजयलाई स्वीकार गर्छौँ,’ सहमहामन्त्री संग्रौलाले भनिन्,‘जनता जनार्दनको शक्ति अगाडि केही छैन । त्यसलाई केन्द्रबिन्दु बनाएर अगाडि आएको शक्तिलाई शुभकामना छ ।’

कांग्रेसले रास्वपाको सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त ...
। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालय बबरमहलमा बसेको हो । मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चामा संलग्न दलले यो निर्वाचनमा एकै सिट जित्न सकेन । चुनाव जित्न नसकेपछि आज समीक्षा बैठक बसेको हो । बैठकमा जनमतका अध्यक्ष ...
। मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई ...
। राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग ...