मुख्य समाचार
ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी
ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी

। नेकपा एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिएर कोही पनि नेता उम्किन नसक्ने टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय प्रेस क्लबले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता तामाङले चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताउँदै एउटा मात्रै नेतालाई दोष दिएर केही नहुने बताएका हुन् ।

‘नेकपा एमालेका तर्फबाट जनमत स्वीकार गरेका छौँ । श्रद्धेय अध्यक्षले पनि स्वीकार गरिसक्नुभएको छ,’ नेता तामाङले भने, ‘पार्टीभित्र यसको समीक्षा हुन्छ । कोही एक जना व्यक्तिलाई दोष लगाएर कोही पनि उम्किन पाउँदैन । म पनि उम्किन पाउँदैन ।’

एमालेभित्र कोही अमुक नेताले अर्को नेतालाई दोष लगाएर आफू चोखो छु भन्ने ट्रायल भइरहेको बताउँदै उनले त्यो कुरा गलत भएको टिप्पणी गरे ।

‘कसैले छोड्नै चाहनुहुन्छ भने त्यो उहाँको निजी कुरा हो । कसैले दबाब दिएर छोड्नुपर्छ, नैतिकता देखाउनुपर्छ भन्न थाल्यो भने त्यो नैतिकताको प्रश्न हुँदैन, दबाबको प्रश्न हुन्छ,’ उनले भने ।

पार्टी अध्यक्ष वा कोही नेताले अहिल्यै छाडेर केही नहुने उनले बताए । उनले अगाडि भने, ‘कसैले छाडेर केके न सिङ–जरो उम्रिहाल्छ भन्ने छैन । हामीलाई त्यो लाग्दैन । सिंगो पार्टीको समग्र पक्षको समीक्षा गरेर निष्कर्ष निकाल्छौँ ।’

निर्वाचनमा एमालेका नेता जाँदा जनताको अत्यन्त राम्रो स्वागत र प्रतिप्रश्न नपाएको उनले बताए । ‘त्यसको मतलब जनताको हामीप्रति सकारात्मक विश्वास छ, र त्यो मतमा कन्भर्ट हुन्छ भन्ने हामीलाई लागेको थियो त्यो भएन,’ उनले भने, ‘तर यस्तो सुनामीका बिचमा जति मत पाएका छौँ, त्यो सम्मानजनक मत पाएका छौँ ।’

आफू जनतामा जाँदा अन्त मत दिएको मनसायका साथ नजाने पनि उनले बताए । ‘जनता फेरि पनि नेकपा एमालेको पक्षमा उभ्याउन हामी तयार छौँ,’ तामाङले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त ...
। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एकै सिट जित्न नसकेको संघीय लोकतान्त्रिक मोर्चाको समीक्षा बैठक जारी छ । बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालय बबरमहलमा बसेको हो । मधेश केन्द्रित राजनीति गर्दै आएका मोर्चामा संलग्न दलले यो निर्वाचनमा एकै सिट जित्न सकेन । चुनाव जित्न नसकेपछि आज समीक्षा बैठक बसेको हो । बैठकमा जनमतका अध्यक्ष ...
। मोरङ प्रहरीले साढे ११ किलोग्राम गाँजासहित दुईजना भारतीय नागरिक पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–३ बरगाछी चोकमा पैदल हिँडिरहेका दुई जना व्यक्तिलाई शंका गरेर जाँच गर्दा ११ किलो ५२० ग्राम गाँजा फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् । ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । प्रदेश राजधानीस्थित राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा आज देविकोटमा आयोजित देविकोट दर्शन दौड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई ...
। राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न आयोग ...