मुख्य समाचार
युक्रेनी क्षेत्रबाट ‘निस्टर’ नदीमा कच्चा तेल बगेर आएपछि मोल्डोभाका कैयौँ शहरहरूमा खानेपानीको हाहाकार
युक्रेनी क्षेत्रबाट ‘निस्टर’ नदीमा कच्चा तेल बगेर आएपछि मोल्डोभाका कैयौँ शहरहरूमा खानेपानीको हाहाकार

। युक्रेनी क्षेत्रबाट ‘निस्टर’ नदीमा कच्चा तेल बगेर आएपछि मोल्डोभाका कैयौँ शहरहरूमा खानेपानीको हाहाकार मच्चिएको छ।

मोल्डोभाको वातावरण मन्त्रालयका अनुसार नदीमा तेलको मात्रा अत्यधिक देखिएपछि नसालाभ्चा लगायतका क्षेत्रमा पानीको आपूर्ति पूर्ण रूपमा बन्द गरिएको छ।

अधिकारीहरूले नदीको पानी पिउन, घरेलु प्रयोजनमा ल्याउन वा पशुचौपायालाई दिनसमेत कडा प्रतिबन्ध लगाएका छन्।

मोल्डोभाका वातावरण मन्त्री जर्ज हाज्दरले तेललाई थप तलतिर बग्न नदिन कोसाउती र याम्पोल क्षेत्रमा ‘आयुल बुम्स’ (तेल रोक्ने अवरोधकहरू) जडान गरिएको जानकारी दिएका छन्।

यो प्रदूषण युक्रेनको निस्टर जलविद्युत् केन्द्रमा भएको सम्भावित दुर्घटनाका कारण भएको हुनसक्ने आशंका गरिएको छ । मोल्डोभाको दोस्रो ठूलो शहर बाल्तीमा पनि खानेपानी आपूर्ति प्रभावित भएको छ।

राजधानी चिसिनाउ लगायतका प्रमुख शहरहरूको मुख्य खानेपानीको स्रोत नै यही नदी भएकाले अधिकारीहरूले पानीको गुणस्तर निरन्तर निगरानी गरिरहेका छन् र मोल्डोभाले यसबारे युक्रेनसँग आधिकारिक स्पष्टीकरण माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...