मुख्य समाचार
अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनामा चालक दलका सबै ६ जना सदस्यको मृत्यु
अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनामा चालक दलका सबै ६ जना सदस्यको मृत्यु

: पश्चिमी इराकमा बिहीबार भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनामा चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको छ। अमेरिकी केन्द्रीय कमान्डले विमानमा सवार कसैलाई पनि जीवित फेला पार्न नसकिएको भन्दै आधिकारिक रूपमा मृत्युको पुष्टि गरेको हो।


अमेरिकी केन्द्रीय कमान्डका अनुसार, उक्त विमान 'अपरेसन एपिक फ्युरी' अन्तर्गत सहयोगी हवाई क्षेत्रमा उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो। कमान्डले सामाजिक सञ्जाल 'एक्स' मार्फत घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। 'विमान कुनै शत्रुको आक्रमणबाट खसेको प्रारम्भिक संकेत देखिएको छैन,' कमान्डले स्पष्ट पारेको छ।


यद्यपि, अमेरिकी दाबीको विपरीत इराकको विद्रोही समूहले यसको जिम्मेवारी लिएको छ । रोयटर्सका अनुसार इराकको 'इस्लामिक रेजिस्टेन्स' नामक संगठनले उक्त विमान आफूहरूले खसालेको दाबी गरेको छ।



इरानी समाचार एजेन्सीले जारी गरेको विज्ञप्तिमा सो समूहले भनेको छ, 'इराकको राष्ट्रिय सार्वभौमिकता र हवाई क्षेत्रको रक्षा गर्न हामीले केसी-१३५ विमानलाई निशाना बनाएका हौँ।'

के हो केसी-१३५ विमान ?

केसी-१३५ एक विशाल रिफ्युलिङ ट्याङ्कर विमान हो, जसले उडिरहेका अन्य लडाकु विमानहरूलाई आकाशमै इन्धन भर्ने काम गर्छ। यस्तो महत्वपूर्ण विमान खस्नुलाई मध्यपूर्वमा सुरक्षा चुनौतीको रूपमा हेरिएको छ।

अमेरिकी सेनाले प्राविधिक कारणले विमान खसेको बताइरहँदा स्थानीय विद्रोही समूहले आक्रमणको दाबी गर्नुले यस क्षेत्रमा तनाव थप बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...