मुख्य समाचार
अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनामा चालक दलका सबै ६ जना सदस्यको मृत्यु
अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनामा चालक दलका सबै ६ जना सदस्यको मृत्यु

: पश्चिमी इराकमा बिहीबार भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनामा चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको छ। अमेरिकी केन्द्रीय कमान्डले विमानमा सवार कसैलाई पनि जीवित फेला पार्न नसकिएको भन्दै आधिकारिक रूपमा मृत्युको पुष्टि गरेको हो।


अमेरिकी केन्द्रीय कमान्डका अनुसार, उक्त विमान 'अपरेसन एपिक फ्युरी' अन्तर्गत सहयोगी हवाई क्षेत्रमा उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो। कमान्डले सामाजिक सञ्जाल 'एक्स' मार्फत घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। 'विमान कुनै शत्रुको आक्रमणबाट खसेको प्रारम्भिक संकेत देखिएको छैन,' कमान्डले स्पष्ट पारेको छ।


यद्यपि, अमेरिकी दाबीको विपरीत इराकको विद्रोही समूहले यसको जिम्मेवारी लिएको छ । रोयटर्सका अनुसार इराकको 'इस्लामिक रेजिस्टेन्स' नामक संगठनले उक्त विमान आफूहरूले खसालेको दाबी गरेको छ।



इरानी समाचार एजेन्सीले जारी गरेको विज्ञप्तिमा सो समूहले भनेको छ, 'इराकको राष्ट्रिय सार्वभौमिकता र हवाई क्षेत्रको रक्षा गर्न हामीले केसी-१३५ विमानलाई निशाना बनाएका हौँ।'

के हो केसी-१३५ विमान ?

केसी-१३५ एक विशाल रिफ्युलिङ ट्याङ्कर विमान हो, जसले उडिरहेका अन्य लडाकु विमानहरूलाई आकाशमै इन्धन भर्ने काम गर्छ। यस्तो महत्वपूर्ण विमान खस्नुलाई मध्यपूर्वमा सुरक्षा चुनौतीको रूपमा हेरिएको छ।

अमेरिकी सेनाले प्राविधिक कारणले विमान खसेको बताइरहँदा स्थानीय विद्रोही समूहले आक्रमणको दाबी गर्नुले यस क्षेत्रमा तनाव थप बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...