। नेकपा एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबीच लैजान नसक्दा आफ्नो पार्टीको जनमत विपरीत आउन पुगेको समीक्षा गरेको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो समीक्षा सुनाएका हुन् ।
‘जेनजी आन्दोलनका घटनाक्रमहरू कसरी घटे, त्यहाँ के के भयो ? त्यहाँ पार्टीको भूमिका कस्तो रह्यो र जसरी नेतृत्व र पार्टीमाथि जसरी आक्रमण भयो त्यसको यथार्थ कुरो हामीले जनताबीच लैजान सकेनौं,’ उनले समीक्षा सुनाउँदै भने, ‘एउटा खालको भ्रम पैदा भयो । एमाले र नेतृत्वप्रति भाष्य खडा भयो । त्यसले नै हाम्रो विपरीत जनमत गयो भन्ने हाम्रो बुझाइ हो ।’
साथै, पार्टी नेतृत्व परिवर्तनबारे अहिले विवाद नभएको पनि उनको दाबी थियो ।