मुख्य समाचार
डोनाल्ड ट्रम्पले आगामी हप्ता इरानमाथि भीषण आक्रमण गर्ने चेतावनी
डोनाल्ड ट्रम्पले आगामी हप्ता इरानमाथि भीषण आक्रमण गर्ने चेतावनी

: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता इरानमाथि भीषण आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा अमेरिकाले अर्को हप्ता 'इरानमाथि धेरै शक्तिशाली आक्रमण गर्ने दाबी गरेका हुन् ।


ट्रम्पले भने, 'हामीले इरानलाई पहिले नै यति धेरै क्षति पुर्‍याइसकेका छौँ कि उनीहरूलाई फेरि पहिलेकै अवस्थामा फर्कन वर्षौँ लाग्नेछ।' जब उनलाई युद्ध कहिले सकिन्छ भनेर सोधियो, उनले जवाफ दिए, 'जब मलाई त्यस्तो महसुस हुनेछ, तब युद्ध सकिनेछ ।'


इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीको बारेमा टिप्पणी गर्दै ट्रम्पले भने, 'मलाई लाग्छ उनी घाइते भएका छन्, तर सायद उनी कुनै न कुनै रूपमा जीवितै छन्।' स्ट्रेट अफ हर्मुजु को सन्दर्भमा ट्रम्पले आवश्यक परेको खण्डमा अमेरिकाले त्यहाँबाट तेल ट्याङ्करहरूलाई सुरक्षा दिने बताए। उनले सबै कुरा राम्रो हुने आशा व्यक्त गर्दै भने 'हेरौँ, के हुन्छ।'



अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...