मुख्य समाचार
भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

: नुवाकोटको काहुलेमा भाइको कुटाइबाट दाइको मृत्यु भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले गुन्साका ५२ वर्षीय कामी तामाङको आफ्नै भाइको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


आफ्नै भाई ५१ वर्षीय सेलबहादुर तमाङले फागुन २३ गते बेलुकी खाना खाने समयमा दाजुलाई लठ्ठीले टाउकोमा हानेर गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा अस्पतालमा ज्यान गएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए ।


भाइको आक्रमणबाट गम्भीर घाईते भएका तामाङको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केसीले जानकारी दिए । कुटपिटमा संलग्न भाई सेलवहादुरलाई पक्राउ गरि हिरासतमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ ।



दाजुलाई कुटेर गम्भीर घाइते बनाएपछि सेलबहादुर फरार भएका थिए । उनलाई किस्पाङ २ बाट पक्राउ गरि हिरासतमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं,’ प्रवक्ता चालिसेले फेसबुक मार्फत भनेका छन्, ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’ फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा ...
: रोल्पामा अफिम खेती नष्ट गरिएको छ। खेती गरेको आरोपमा एकजना पक्राउ परेका छन्। परिवर्तन गाउँपलिका-४ तातापानीका ६० वर्षीय धनसिंह वलीलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो। उनले खेतमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ। १० मिटर लम्बाइ १५ मिटर चौडाइ रहेको खेतमा फुल्दै गरेको करिब ७ सय अफिमका बोट नष्ट गरिएको हो। जिल्ला प्रहरी ...
: घर लिप्ने माटो खन्न गएकी रोल्पाकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीबनकी वर्ष ४९ की निर्मला बुढाथोकीको मृत्यु भएको हो । वर्ष २८ की एलिना पुन, वर्ष ३८ की शान्ति पुन र वर्ष ४९ की पार्वती पुन घाइते भएका ...
: सुनसरी र मोरङ जिल्ला सुगम मानिए पनि यहाँका केही उत्तरी गाउँहरू भौगोलिक रूपमा अझै पनि आधारभूत पूर्वाधारको अभावका कारण अति दुर्गम छन्। सडक, पुल र यातायातको सहज पहुँच नहुँदा स्थानीयलाई दैनिक आवतजावतदेखि शिक्षा, स्वास्थ्य सेवा लिन र बजारसम्म पुग्न ठूलो सास्ती खेप्नुपर्ने अवस्था छ। विशेषगरी सुनसरीको उत्तरी भागमा पर्ने धरान उपमहानगरपालिका–४ र मोरङको केराबारी गाउँपालिका–४ ...
: इरान–इजरायल–अमेरिकाबीचको दुई सातादेखिको युद्धले खाडी मुलुक मात्र नभई नेपालीको जनजीवन समेत प्रभावित बन्न थालेको छ । मध्यपूर्वी देशमा जारी अशान्तिका कारण विशेष गरी तेल आपूर्तिमा संकट देखिन थालेको छ । जसको असर छिमेकी देश भारत मात्र नभई नेपालीहरुको भान्सामै परिसकेको छ । अहिले नेपालमा खाना पकाउने ग्यासको अभाव देखिइसकेको छ । इरानसँगको युद्ध जटिल छ ...